पाल्पामा पहिरोले जीप पुरिँदा एकको मृत्यु, चार जना घाइते « Khabarhub

पाल्पामा पहिरोले जीप पुरिँदा एकको मृत्यु, चार जना घाइते


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा पहिरोजीप पुरिँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नं को जीप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नं को स्कारपियो पहिराले पुरिएका हुन् ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २६ वर्षीय कमल परियार रहेको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । सो दुर्घटनामा तिलोत्तमा–२ का ३१ वर्षीय ललित मल्ल र वडा नं ९ का २२ वर्षीय प्रेम सुनार, बुटवल उपमहानगरपालिका–२ का २० वर्षीय मिलन शाह तथा वडा नं १२ का नरेन्द्र हमाल घाइते भएका छन् ।

पहिरो हटाइएपछि अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ६ : ५२ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति