विभागीय टोली आर्मी प्रकाश दाहाल स्मृति कपको सेमिफाइनलमा « Khabarhub

विभागीय टोली आर्मी प्रकाश दाहाल स्मृति कपको सेमिफाइनलमा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

शुक्रबार नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा भएको खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको स्थान पक्का गरेको हो ।

आर्मीले ढोरपाटनलाई पहिलो सेटमा २५–१४ का हराएको थियो भने दोस्रो सेटमा २५–१९ मा पराजित भएको ढोरपाटनले अन्तिम सेटमा सुधारिएको प्रदर्शन गरेको थियो ।

अन्तिम सेटमा ढोरपाटन २५–२२ स्कोरमा पराजित भएको हो । समूह क मा रहेको आर्मी विजेता बन्दै सेमिफाइनल पुग्दा अर्को विभागीय टोली एपीएफ उपविजेता बन्दै सेमिफाइनल पगि सकेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउँदा तेस्रो हुने टोलीले १ लाख तथा चौथो टोलीले ५० हजार रुपैयाँ पाउने छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : ०० बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज