मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन « Khabarhub

मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०७० देखि बन्द भएको सो विमानस्थलमा गण्डकी प्रदेश सरकारको पहलमा आज समिट एयरको विमान अवतरण गरेको हो ।

प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रतिनिधिसभाका सांसद पोल्देन गुरुङलगायत समिट एयरको विमानबाट हुम्डे विमानस्थलमा अवतरण गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले विमानस्थल नियमितरुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

असोज महीनाको १० गते अन्तरराष्ट्रिय पर्यटन दिवसबाट विमानस्थल नियमित उडान गराउने प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिँदै उहाँले यसले हिमाली क्षेत्रका स्थानीय बासिन्दाका साथै पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री लम्सालले पर्यटनसँग सम्बन्धित निकायसँग सहकार्य गरी मनाङमा पर्यटन प्रवर्द्धनमा जोड दिइनेछ बताए । सांसद गुरुङले परीक्षण उडानले मनाङवासीमा उत्साह थपेको बताउँदै पर्यटन आवागमनको मौसममा नियमित उडान गर्नुपर्नेमा जोड दिए ।

विसं २०३९ मा निर्माण सम्पन्न गरी सञ्चालनमा आएको ९०० मिटर लम्बाइको धावनमार्ग रहेको सो विमानस्थल २०७० सालमा कालोपत्र गरिएको थियो ।

एघार हजार १४५ फिट उचाइको हुम्डे विमानस्थल विश्वको १८औँ अग्लो स्थानमा रहेको विमानस्थल हो ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ३० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच