नक्कली प्रहरी बनेर धम्क्याउने पक्राउ « Khabarhub

नक्कली प्रहरी बनेर धम्क्याउने पक्राउ


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- डडेल्धुरामा नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत तथा मुद्दा फाँटको प्रमुख करवीर ऐर हुँ भनी अमरगढी नगरपालिका–६ छचोडाँका स्थानीय महेश ताम्राकारले ९८६५६७३४७० को नम्बरबाट सोही ठाउँका स्थानीय खड्ग ताम्राकारलाई ९८४२२०२११२ नम्बरमा फोनबाट गालीगलौज गरेका थिए ।
फोनबाट उनले आफू प्रहरी नायब निरीक्षक करवीर ऐर हुँ भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभए प्रहरी लगाएर पक्राउ गर्ने भनी बुधबार राति १ बजे गाली गरेपछि बिहीबार ताम्राकार डडेल्धुरा जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

मुद्दा फाँटमा कार्यरत प्रहरी नायब निरीक्षक ऐरकहाँ पुगेपछि आफूले फोन नगरेको भन्दै मोबाइल नम्बर पत्ता लगाउँदा अमरगढी–६ का महेश ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

गाउँका सोझासाझा जनतालाई नक्कली प्रहरी बनी दुःख दिन खोजेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उपस्थित गराइएको प्रहरी निरीक्षक लक्ष्मण खड्काले बताए ।

‘‘यस विषयमा अनुसन्धान भइरहेको र निजलाई कानूनअनुसार कारवाही हुनेछ’’ खड्काले भने ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ९ : ०९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट