चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजमा भिन्डीको तरकारीदेखि कालो चामलको खीरसम्म | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिलाई रात्रिभोजमा भिन्डीको तरकारीदेखि कालो चामलको खीरसम्म


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । दुई दिने भारत भ्रमण सकेर नेपाल आएका सीलाई सोल्टी होटलमा राष्ट्रपतिद्वारा रात्रिभोजको आयोजना समेत गरिएको छ ।

यसअघि उनलाई भारत भ्रमणका क्रममा पनि विशेष रात्रिभोज दिइएको थियो । मोदीले शुक्रबार राति तमिलनाडुको महाबलिपुरममा दिइएको रात्रिभोजमा साकाहारी भोजन राखिएको थियो ।

के–के थिए त मोदीको मेनुमा ?

थक्कली रासमः टमाटरको गुदीमा विभिन्न मरमसला मिसाएर बनाइएको विशेष दक्षिण भारतीय परिकार ।

कीराइ वडाः अम्लान पुष्प र मुसुरोको दालबाट बनाइएको ब्रेड वा केक ।

पनीर–घीउ रोस्टः घ्यू र खुर्सानीमा भुटिएको पनीर ।

कडलाई कुरुमाः कालो दाललाई काजु र टमाटरको ग्रेभीमा पकाएको ।

पूस्निकाइ मोर करीः कुविण्डोलाई मनतातो दहीमा बफ्याएर बनाइएको परिकार ।

वेन्दकाई पोरियालः भिन्डीको तरकारी ।

बीटरुट गोंगुरा चपः चुकन्दर र केनफको पातलाई दक्षिण भारतमा पाउने विशेष मसला मिसाएर पकाइएको परिकार ।

पच सुन्दकाइ अरिचा कोझम्बुः सुन्दकाइ (पी अबरजिन_ लाई सख्खर र इमलिसँग पकाइएको परिकार ।

अर्चवित्ता साम्बारः मुसुरोेको दाललाई मिहिन ढंगले पिसेको विशेष मसलामा बफ्याएर बनाइएको परिकार ।

स्टिम पोन्नी राइसः मसिनो चामलको भात ।

भारतका विशेष ब्रेडहरु ।

अद प्रधमनः सख्खर र नरिवलको तेलमा पकाइएको चामल ।

कवनारसी हलुवाः कालो चामलको खिर ।

मुक्कानी आइसक्रिमः दक्षिण भारतको विशेष आइसक्रिम ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ११ बजे

बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि

काठमाडौं– सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ

देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बूढानिलकण्ठमा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति

मिश्रकी बौद्धिक रानी क्लियोपेत्रा, भाइलाई पति नमान्दा सत्ताच्यूत !

एकथरि भन्छन्- परम सुन्दरी नारी कि मूर्ख, कि त घमण्डी

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

पक्की पुल बनेपछि आवागमनमा सहज

म्याग्दी– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि