यस्तो छ राष्ट्रपति सी चिनफिङले प्रयोग गर्ने विमान « Khabarhub

यस्तो छ राष्ट्रपति सी चिनफिङले प्रयोग गर्ने विमान


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी २ दिने राजकीइ भ्रमणका क्रममा काठमाडौंमा छन् ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी स्वरुप गएको असोज १५ गते चिनियाँ विशेष विमान नेपाल आएर फर्किएको थियो ।

त्यो जहाजमा पाइलटबाहेक अरु कोही पनि थिएनन्, त्यो जहाज त्रिभुवन विमानस्थलको रन वे, पार्किङ र भीभीआईपीको सुरक्षा अवस्थाको बारेमा बुझ्न आएको थियो । विशेष जहाज काठमाण्डौ आएर डेढ घण्टापछि फर्किएको थियो ।

विशेषगरी विश्वका शक्तिशाली राष्ट्र प्रमुखहरु विदेश भ्रमणमा जाँदा उच्च सुविधायुक्त विमानको प्रयोग गर्दछन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रयोग गर्ने विमान कस्तो छ त ?

राष्ट्रपति सीका समकक्षीहरुको विभिन्न वैकल्पिक विमान भए पनि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङसँग भने आफ्नो छुट्टै निजी विमान छैन ।

जन गणतान्त्रिक चीनका नेता सीले आफ्नो सरकारी भ्रमण र व्यापार यात्राका लागि एअर चाइनाको बोइङ ७४७–४०० दुइटा विमान प्रयोग गर्दै आएका छन् । निर्माणको समयमा एउटा विमानको मूल्य २५० मिलियन डलर थियो ।

यी दुइटै विमान एअर चाइनाले नियमित यात्रु उडानको लागि प्रयोग गर्दै आइरहेको छ । यद्यपि राष्ट्रपति सीले आफ्नो आगामी विदेश यात्राको योजना बनाएपछि ती विमानहरुको सतकर्तापूर्वक जाँच गरिन्छ, जसको लागि कैँयौ हप्ता लाग्न सक्छ ।

ती विमान जाँचपछि मर्मतका लागि लगिन्छ र त्यो क्रममा केही विशेष सिट खाली गरेर एक विशाल बैठक कक्ष, एक शयन कक्ष र कार्यालयमा बदलिन्छ । विमानको मर्मत चलिरहँदा केही विशेष गतिविधिको बारेमा पनि थाहा दिइँदैन ।

राष्ट्रपति सी चिनफिङ विदेश भ्रमणबाट स्वदेश फर्किसकेपछि ती विमान एअर चाइनालाई दिइन्छ र फेरि नियमित यात्रु उडानका लागि प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ५१ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको