नेपालमा चिनियाँ राष्ट्रपतिलाई बारा, कुरिलो र क्वाँटीको स्वाद चखाइयो « Khabarhub

नेपालमा चिनियाँ राष्ट्रपतिलाई बारा, कुरिलो र क्वाँटीको स्वाद चखाइयो


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा भव्य स्वागत गरिएको छ ।

औपचारिक भेटवार्तासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति सीले नेपाली खानाका परिकारको स्वाद चाखेका छन् ।

उनका लागि रात्रिभोजमा एपिटाइजर, सुप, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार विभाजन गरिएको थियो । राष्ट्रपति सीले रात्रिभोजमा नेपाली बारा तथा कुरिलो र क्वाँटीको स्वाद लिएका छन् ।

त्यसो त उनका लागि चिनियाँ खाना बनाउने सेफ भने चीनबाटै ल्याइएका थिए । राष्ट्रपति सीलाई दिइने रात्रिभोजमा नेपाली, युरोपेली र चिनियाँ गरी तीन स्वादको मिश्रण रहेको थियो । राष्ट्रपति सीलाई सबैभन्दा पहिला कुरिलो र क्वाँटीको नेपाली सुप सर्भ गरिएको जनाइएको छ । त्यसपछि उनले बारासहितको नेपाली सलादको स्वाद लिएका थिए । नेपाली परिकारहरु नेपाली सेफले नै बनाएका थिए ।

मेन कोर्षमा भने सीकै इच्छा अनुसार चिनियाँ र युरोपेली खाना खुवाइएको थियो । चिनियाँ खाना सी भ्रमण टोलीमा रहेका सेफले नै बनाएका थिए । युरोपेली खाना सोल्टीका सेफले बनाएका थिए ।

रात्रिभोजमा सी भ्रमण दलमा रहेका चिनियाँ उच्च अधिकारी, नेपालबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ८ : २९ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका