रामोसको कीर्तिमानी खेलमा स्पेनले नर्वेसँग बराबरी खेल्यो « Khabarhub

रामोसको कीर्तिमानी खेलमा स्पेनले नर्वेसँग बराबरी खेल्यो


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्जियो रामोसको कीर्तिमानी खेलमा स्पेनले युरो कप छनोटमा नर्वेसँग बराबरी खेलेको छ । गएराति भएको खेलमा स्पेनले नर्वेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

समुह एफमा शीर्ष स्थानको स्पेनले ७ खेलबाट १९ अंक बटुलेको छ । स्पेन तेस्रो स्थानको रोमानियासंग ६ अंकको लिएको छ । नर्वे १० सहित चौथो स्थानमा छ ।
शनिबारको रामोसले स्पेनिस फुटबल ईतिहासमा नयाँ कीर्तिमान रचे ।

उनले स्पेनको राष्ट्रिय फुटबल टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गरे । उसले स्पेनबाट १ सय ६८ क्याप जिते ।

यसअघि ईकर कासिलासको नाममा सो कीर्तिमान रहेको थियो ।

रियल मड्रिडका ३३ बर्षीया स्टार खेलाडी रामोसले सन् २००५ मा स्पेनबाट डेब्यु गरेका थिए । उनले स्पेनको स्वर्णिय युगको समय विश्वकप र दुई युरो कपको उपाधि उचालेका थिए ।

रामोस अब ईजिप्टका मिडफिल्डर अहमेद हसनको १ सय ८४ खेलको विश्व कीर्तिमानतर्फ अघि बढेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ९ : २९ बजे

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप