आईसीसी बोर्ड बैठक आज, क्यान निलम्बन फुकुवाको सम्भावना « Khabarhub

आईसीसी बोर्ड बैठक आज, क्यान निलम्बन फुकुवाको सम्भावना


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठक आज बस्दैछ।

आइतबार बस्ने बैठकबाट झण्डै ४ बर्षदेखिको आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा हुने अपेक्षा नेपाली क्रिकेट जगतको छ।

आईसीसीकै रोडम्याप अनुसार बनेको स्वतन्त्र कमिटीको संयोजकत्वमा असोज ११ गते क्यानको नेतृत्वमा चतुरबहादुर चन्दको टोली आइसकेको छ ।

क्यान निर्वाचन भएसँगै क्यानको निलम्बन फुकुवा हुने गरि वातावरण तयार बन्न सक्ने नव निर्वाचित सचिव असोकनाथ प्याकुरेलले बताएका छन् ।

आईसीसीको बोर्ड बैठक आज बस्ने भनिएपनि कति बजे बस्ने भन्नेबारे भने क्यानलाई जानकारी नरहेको प्याकुरेलले बताए ।

‘आज बैठक बस्ने भन्ने हामीले पनि जानकारी पाएका हौं तर, कति बजे बस्ने भन्ने जानकारी छैन्। आजको बैठकले निलम्बन फुकुवा नै भएको भन्ने घोषणा नहुन सक्छ,´ सचिव प्याकुरेलले भने, तर, निलम्बन फुकुवाको प्रक्रियामा जान सक्छ । हामी त्यसैगरी तयार हुनुपर्छ। निलम्बन फुकुवा हुन त लामो प्रक्रिया लाग्छ ।´

आज बस्ने आईसीसी बैठकबाट नेपाली क्रिकेटका लागि सुखद् समाचार भने आउनसक्ने सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ३४ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र