गम्भीर र सोचनीय फिल्म बनायो भनेर तारिफ आइरहेको छ: दीपकराज गिरी | Khabarhub Khabarhub

गम्भीर र सोचनीय फिल्म बनायो भनेर तारिफ आइरहेको छ: दीपकराज गिरी


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ लाई दशैँअघि रिलिज गर्ने भनिएको थियो । हिन्दी चलचित्र ‘वार’ र अशोक शर्माको चलचित्र ‘रातो टीका निधारमा’ दशैँअघि नै रिलिज हुने भएपछि यसको रिलिज मिति असोज २४ लाई सारियो ।

दशैँको माहोल सकिएपछि प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको साथ पाएको छ । ‘छ माया छपक्कै’ ले पाएको प्रतिक्रियाले निर्माण टिम मख्ख छ । तर, चलचित्रले कति कमाइ गर्‍यो भन्ने आँकडा निर्माण टिमले सार्वजनिक गरेको छैन ।

चलचित्रका अभिनेता दीपकराज गिरीले कलाको व्यापार भएकाले करोडौं कमायो भनेर खुलाउन नचाहेको बताए । ‘कमाइ यति करोड नभनौँ, किनभने चलचित्र कलाको व्यापार पनि हो,’ गिरीले खबरहबसँगको कुराकानीमा भने, ‘झण्डै नब्बे प्रतिशतले चलचित्र राम्रो भनिरहनुभएको छ, माउथ पब्लिसिटी पनि राम्रो छ ।’

उनले आफ्नो टिमले सधै हँसाउने चलचित्र मात्र बनाउने भन्दै दर्शकले लगाउँदै आएको आरोप अब तोडिएको पनि बताए । उनले भने, ‘गम्भीर र सोचनीय चलचित्र बनायो भनेर तारिफ आइरहेको छ,’ गिरीले थपे ।

साथै उनले सबै नेपाली चलचित्र राम्रो बनाउन आफूहरू लागिपरेको धारणा राखे । गिरीले ‘छ माया छपक्कै’ ले अघिल्लो चलचित्र ‘छक्का पञ्जा ३’ ले भन्दा राम्रो व्यापार गरेको दाबी गरे ।

यो दाबीअनुसार चलचित्रले दैनिक १ करोड बराबरको ग्रस कलेक्सन गरेको छ । ‘यो चलचित्रले हाम्रो अघिल्लो चलचित्रले भन्दा राम्रो व्यापार गरेको छ, दर्शकले माउथ पब्लिसिटी पनि गर्नुभएको छ,’ उनले भने ।

चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि लामाले चलचित्र ‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका थिए । राजनीतिक खिचातानी र प्रेम दर्शाइएको यो चलचित्रमा दीपकराजसँगै केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्माता रोहित अधिकारी हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : ४७ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल