दीपकराज गिरी भन्छन् – गाँजालाई त 'लिगलाइज' गर्नैपर्छ | Khabarhub Khabarhub

दीपकराज गिरी भन्छन् – गाँजालाई त ‘लिगलाइज’ गर्नैपर्छ


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीले गाँजालाई नेपालमा खुला रुपमा बेच्न पाउनुपर्ने धारणा राखेका छन् । एक अन्तर्वार्ताका क्रममा उनले दिएको यस्तो अभिव्यक्तिले गिरी विवादमा समेत तानिएका छन् ।

अन्तर्वार्ताकार प्रकाश सुवेदीले गिरीलाई सोधेका थिए – तर तपाईंलाई नि गाँजाप्रेमी भन्छन् नि हो?

गिरीले यो प्रश्नको उत्तर फर्काउँदै आफ्नो मुखमा गाँजा नपरेको १६ दिन भएको बताए । गाँजाले आफूलाई थप क्रियटिभ बनाउने भएकाले फिल्मको काम हुँदा खाँजा सेवन गर्ने गरेको उनको भनाइ थियो ।

साथै उनले अन्तर्वार्ताका क्रममा गाँजालाई वैध बनाउनुपर्ने धारणा राखे । ‘गाँजा त लिगलाइज गर्नैपर्छ, तर म के भन्छु भने लागुऔषधका रुपमा लिनुहुन्न,’ उनले भने, ‘आत्म नियन्त्रण छैन भने गाँजा नखानुस्, यसलाई असाध्यै व्यवस्थित गरेर खानुभयो भने एकोहोरो र डेटिकेटेड बनाइदिन्छ ।’

गिरीले आफूमा देखिएका कतिपय रोग पनि गाँजाले निको बनाएको बताए । साथै उनले गाँजा चुरोट तथा मदिराभन्दा राम्रो भएको पनि धारणा राखे । ‘म त भन्छु चुरोट पनि हानीकारकै हो,तर यहाँ बेचिन्छ नि, बरु नशाका रोगीहरुलाई गाँजा खाऊ नै भन्छन्,’ उनको भनाइ थियो ।

उनले आफूले दिउँसो कामको बेलामा कहिल्यै गाँजा सेवन नगरेको र सधै आत्म नियन्त्रणका साथ क्रियटिभ काममा लागेको भन्दै गाँजाको प्रचार गरे ।

‘म गाँजाको प्रमोटर होइन, खाए खानुस्, नखाए नखानुस् । एउटा ‘स्टिक’मा ह्याप्पी हुनुहुन्छ भने खानुस्, संसारका विभिन्न शहरमा गाँजा फ्री बनाइसक्यो, यसको फाइदा छ,’ उनले दाबी गरे ।

‘गाँजा खाएर मान्छे कुटेको सुन्नुभएको छ? गाँजाले उच्छृङ्खलतालाई कम पनि गरिदिन्छ, तर गाँजाको पनि एडिक्सन हुने डर भने छ है,’ उनको आशय थियो ।

यता गिरीले गाँजा खाने गरेको स्वीकार गरेपछि फ्यानले गालीसमेत गरेका छन् । कतिपयले भने उनको अभिव्यक्तिको समर्थन गरेका छन् ।

‘म त गाँजा खान्न तर दीपक जीको कुरा पनि सही हो,’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘दीपक जी झ्यापमा नै हुनुहुन्छ जस्तो छ ।’

‘राजा झ्यापमा छ कि क्या हो आज,’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्काको कमेन्ट छ, ‘दीपकको नौटंकी हेर न गाँजा खाने गँजेडी पो रहेछन् ।’

त्यसो त नेपालमा गाँजा बन्देज गर्नुहुन्न भन्ने आवाज लामो समयदेखि उठेको छ । धेरै प्रयोगकर्ताले भने गाँजालाई खुला बिक्री गर्न पाउनुपर्ने भन्दै गिरीसँग सहमति जनाएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ३ : ४७ बजे

समीरको ६० फिट अग्लो पोस्टर सार्वजनिक गर्दै ‘बलिदान’को प्रचार सुरू

काठमाडौं – नायक समीर भट्टलाई एकल प्रस्तुत गरी ‘बलिदान’ निर्माण

उपप्रमुख डंगोलले भनिन् : विश्वास गर्ने, सपना देख्ने र आशावादी मात्रै सफल हुन्छन्

काठमाडौं- काठमाडौं महानगरपपालिकाकी उपप्रमुख सुनिता डंगोलको विश्वास गर्ने, सपना देख्ने

संविधानको सुरक्षाका लागि काम गरिरहेका छौँ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको स्थिति अनुकूल रहेको

एमाले पोलिटब्युरो बैठक जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठकमा सदस्यहरूले आआफ्नो धारणा राख्ने

गाजाको चर्चमा भएको विस्फोटको संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा निन्दा

न्यूयोर्क– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीको चर्चमा भएको