कुलतको नशामा फसेकी थिइन् यी अभिनेत्री, थिएन राम्रो हालत ! « Khabarhub

कुलतको नशामा फसेकी थिइन् यी अभिनेत्री, थिएन राम्रो हालत !


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेत्री तथा सुपरस्टार कमल हसनकी छोरी श्रुति हसनले हालै आफ्नो जीवनसँग जोडिएका कैयन् कुराको खुलासा गरेकी छिन् ।  एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा बताइन् । उनले आफ्ना ब्यायफ्रेण्ड माइकल कार्सेलसँग ब्रेकअप हुनुको कारण पनि खुलाइन् ।

कुनै समय आफू नशाको लतमा फसेको समेत उनले बताइन् । आफूले अल्कोहल छोडेपछि स्वास्थ्यमा त्यसको निकै नराम्रो असर परेको पनि बताइन् । अहिले भने उनको यो आदत छुटिसकेको छ ।

अन्तर्वार्ताका क्रममा श्रुतिले भनिन्, ‘म एकदमै धेरै ह्विस्की लभर थिएँ, मैले यो बानीलाई पूर्ण रुपमा छोड्ने सोचेँ, यो मेरा लागि नयाँ परिवर्तन थियो ।’

उनलाई सोधियो, यसले शरीरमा कस्तो प्रभाव पार्‍यो?

यसको उत्तरमा उनले भनिन्, ‘हो, म ठीक थिइनँ र यो कुरा मैले कसैलाई बताइनँ, मलाई लाग्यो कि, यो मेरो निजी मुद्दा हो, म आफ्नो पर्सनल कुरा कसैसँग पनि शेयर गर्न सक्दिनँ ।’

श्रुतिले माइकलसँगको सम्बन्धका बारेमा खुलासा गरिन् । ‘म एकदमै कुल टाइपकी युवती थिएँ, म निर्दोष पनि थिएँ, हरेक मसँग नजिक हुन खोज्थे, म एकदमै इमोसनल केटी थिएँ,’ उनले भनिन्, ‘यसै कारणले मान्छे मेरो नजिक हुन चाहन्थे, तर मलाई यो चाहिँ भन्नुपर्छ कि, त्यो पनि मेरा लागि साँच्चिकै राम्रो अनुभव थियो ।’

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ५ : ३५ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै