करिब एक हजार अमेरिकी सैनिक सिरियाबाट फिर्ता हुने « Khabarhub

करिब एक हजार अमेरिकी सैनिक सिरियाबाट फिर्ता हुने


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो ।

आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भने, ‘राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ ।’ करिब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको उनले बताए।

रक्षा मन्त्री एस्परले सीबीएसको फेस द नेसनसँगको कुराकानीमा भने, ‘अमेरिकी राष्ट्रिय सुरक्षा टोलीसँगको छलफलपछि मैले राष्ट्रपतिसँग शनिबार राति कुराकानी गरेँ । उहाँले विचारपूर्वक अमेरिकी सैनिकलाई उत्तरी सिरियाबाट फिर्ता बोलाउन निर्देशन दिनुभएको छ ।’

सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सहयोगमा कुर्दहरूले टर्कीका साथै सिरियाली सरकारसँग प्रतिरोध गर्दै आएका थिए । सिरियाली कुर्दहरूलाई ‘आतङ्कवादी’ बताउने टर्कीले गत बुधबारदेखि हवाई आक्रमण चलाएको छ ।

सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति आलोचना गर्नेहरूले अमेरिकाले आफ्ना इमान्दार सहयोगीलाई त्याग्नु गलत भएको बताएका छन् ।

सिरियाली कुर्दहरूले पनि अमेरिकाले सहयोग नगरेर आफूहरूलाई बीचमा धोका दिन लागेको बताएका रिपोर्टहरू सञ्चारमाध्यमहरूमा आएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ९ : ५२ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।