करिब एक हजार अमेरिकी सैनिक सिरियाबाट फिर्ता हुने | Khabarhub Khabarhub

करिब एक हजार अमेरिकी सैनिक सिरियाबाट फिर्ता हुने


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो ।

आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भने, ‘राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ ।’ करिब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको उनले बताए।

रक्षा मन्त्री एस्परले सीबीएसको फेस द नेसनसँगको कुराकानीमा भने, ‘अमेरिकी राष्ट्रिय सुरक्षा टोलीसँगको छलफलपछि मैले राष्ट्रपतिसँग शनिबार राति कुराकानी गरेँ । उहाँले विचारपूर्वक अमेरिकी सैनिकलाई उत्तरी सिरियाबाट फिर्ता बोलाउन निर्देशन दिनुभएको छ ।’

सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी सहयोगमा कुर्दहरूले टर्कीका साथै सिरियाली सरकारसँग प्रतिरोध गर्दै आएका थिए । सिरियाली कुर्दहरूलाई ‘आतङ्कवादी’ बताउने टर्कीले गत बुधबारदेखि हवाई आक्रमण चलाएको छ ।

सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति आलोचना गर्नेहरूले अमेरिकाले आफ्ना इमान्दार सहयोगीलाई त्याग्नु गलत भएको बताएका छन् ।

सिरियाली कुर्दहरूले पनि अमेरिकाले सहयोग नगरेर आफूहरूलाई बीचमा धोका दिन लागेको बताएका रिपोर्टहरू सञ्चारमाध्यमहरूमा आएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ९ : ५२ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर