क्षणमै तिमी करोडपति बन्दछौ अनि दोस्रो क्षणमा दरिद्र ! « Khabarhub

क्षणमै तिमी करोडपति बन्दछौ अनि दोस्रो क्षणमा दरिद्र !


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धर्म ग्रन्थ अनुसार, कलियुगको आरम्भमा कुरुक्षेत्रको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए ।

हस्तिनापुरका राजा धृतराष्ट्र( जो आँखा देख्दैन थिए) लाई सञ्जयले महाभारत युद्धका क्रममा भएका घटना क्रमको वर्णन गर्ने क्रममा प्राप्त भएको हो । सञ्जयलाई युद्ध भूमिमा नगई त्यहाँका सबै घटना र विवरण देख्नसक्ने दिव्य दृष्टि प्राप्त भएको थियो ।

गीता युद्धको मैदानमा भगवान श्री कृष्णले अर्जुनलाई दिएको दिव्य ज्ञानको रुपमा महाभारतमा व्याख्या गरिएको छ । यसमा १८ अध्याय छन् ।

गीता ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो । हिन्दुधर्ममा यसको विषेश महत्व रहिआएको छ । यहाँ हामीले गीताका केही सारहरु उल्लेख गरेका छौं । जुन तपाईंको जिवनमा पनि उपयोगी बन्न सक्छन् ।

– आत्माले न कल्यिै जन्म लिन्छ न कहिल्यै मर्छ नै ।

– तिमी वितेको समयको कदापी पश्चताप नगर, अनि भविष्यको चिन्ता पनि नगर । बस्, वर्तमान राम्रो सँग चलाउ ।

– चिन्ता र डर त्याग : किन व्यर्थ चिन्ता गर्छौ ? को देखि डराउदछौ ? तिमीलाई कसले मार्छ र ?

–तिम्रो के गएको छ र व्यर्थै तिमी रुन्छौ ? तिमीले जन्मदा के लिएर आएका थियौ र अहिले के हरायौ ?

– तपाईं ढुक्क हुनुहोस् जे भयो, त्यो एकदम राम्रो भयो । जे हुँदैछ, त्यो पनि राम्रै हुँदैछ । अनि, जे हुनेछ, त्यो झनै राम्रो हुनेछ ।

– बेकार किन आतिन्छौं ? तिमीले अहिले सम्म के पैदा गरेका थियौ र त्यो नाश भयो ?

– चिन्ता नगर, तिमीले जन्मदा सँगै केही लिएर आएका थिएनौ । जे पायौ, त्यो यहीँबाट पायौ । जति दियौ, त्यो पनि यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जाँदै छौ । जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो र भोलि अरु कसैको हुनेछ ।

– तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ भने त्यही खुसी नै तिम्रो दुःखको मूल कारण बन्न सक्छ ।

– छाड चिन्ता नगर । अब देखि मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने कुरा नै मनबाट हटाइदेऊ त्यसपछि सबै तिम्रो हुनेछ र तिमी सबैको हुने छौ ।

– एक क्षणमै तिमी करोडपति बन्दछौ, अनि दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : ०७ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा