नीति अनुसन्धान प्रतिष्ठान विधेयक बन्यो « Khabarhub

नीति अनुसन्धान प्रतिष्ठान विधेयक बन्यो


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नीति अनुसन्धान प्रतिष्ठान स्थापना भएको एक वर्षपछि सरकारले प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक संसद्मा दर्ताका लागि पेस गरेको छ ।

सङ्घीय संसद्को आगामी अधिवेशनमा विधेयक प्रतिनिधिसभामा पेस हुनेछ । सरकारले नीति अध्ययन, अनुसन्धान तथा विश्लेषणका आधारमा शासकीय सुधार गर्दै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिसकेको छ ।

वि.सं. २०७५ असोजबाट प्रतिष्ठान अस्तित्वमा छ तर स्थापनको एक वर्षपछि कानुनी संरचना निर्माण गर्न लागिएको हो । सरकारले नेपालको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्षमा अध्ययन गरी सरकारलाई सुझाव दिन प्रतिष्ठान स्थापना गरेको थियो ।

विधेयकअनुसार प्रतिष्ठानले विशेषज्ञ समूह (थिङ्क ट्याङ्क) का रूपमा काम गर्ने छ । मुलुकले अपनाउनुपर्ने विभिन्न नीतिका सम्बन्धमा प्रतिष्ठानले अध्ययन तथा अनुसन्धान गरी सरकारलाई सुझाव दिने छ । प्रतिष्ठानले सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गरी त्यसमा अपनाउनुपर्ने उपायबारेमा नेपाल सरकारलाई नीतिगत सुझाव पनि प्रतिष्ठानले दिने छ ।

विधेयकअनुसार मुलुकको आर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनुपर्ने नीतिबारे पनि प्रतिष्ठानले सरकारलाई सुझाव दिने छ । सार्वजनिक सेवालाई प्रभावकारी, जवाफदेही र व्यावसायिक बनाउन त्यस्ता सेवा सुधारबारे प्रतिष्ठानले अध्ययन गरी सरकारलाई सुझाव दिने क्षेत्राधिकार पनि विधेयकमा तोकिएको छ ।

यस्तै भ्रष्टाचार निवारण, सम्पत्ति शुद्धीकरण निवारण, राजस्व तथा सार्वजनिक सम्पत्तिको हिनामिनालगायतका विषयमा सरकारले अपनाउनुपर्ने नीतिगत, कानुनी र संस्थागत सुधारबारे पनि प्रतिष्ठानले अध्ययन र सिफारिस गर्न सक्ने विधेयकमा प्रस्ताव गरिएको छ ।

सार्वजनिक प्रशासन, विकास प्रशासन, वातावरण संरक्षण, शासकीय सुधार, गरिबी निवारणका क्षेत्रमा सरकारले अपनाएका नीतिको मूल्याङ्कन गरी कमीकमजोरी सुधारका उपाय सुझाउने क्षेत्राधिकार प्रतिष्ठानलाई दिने विधेयकमा प्रस्ताव गरिएको छ । नेपाल सरकारले समेत नीतिगत परामर्श प्रतिष्ठानसँग लिन सक्ने विधेयकमा व्यवस्था छ ।

विधेयकअनुसार प्रतिष्ठान पाँच सदस्यीय हुने छ, जसमा अध्यक्ष र चार सदस्य रहने छन् । सदस्यहरूको पदावधि चार वर्षको हुने विधेयकमा प्रस्ताव छ । प्रतिष्ठानको अध्यक्ष नियुक्तिका लागि भने सरकारका मन्त्रीको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था विधेयकमा प्रस्तावित छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : २३ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना