सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने « Khabarhub

सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चोटका कारण लिभरपुल तथा ईजिप्टका फरवार्ड मोहमद सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने भएका छन् ।

ईजिप्टका अन्तराष्ट्रिय स्टार सलाहाले चोटका कारण केन्या र कोमोरसविरुद्वको छनोट खेल गुमाउने भएका हुन् ।

२७ बर्षका सलाहा प्रिमियर लिगमा म्यान्चेष्टर सिटीविरुद्व ८७ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

सलाहाले कायरोमा मंगलबार चोटको परिक्षण गरेका थिए । ‘चोट निको हुन केही समय उपचारको आवश्यकता देखिएको छ,’ ईजिप्टले बिज्ञप्तीमार्फत भनेको छ ।

सलाहाले म्यान्चेष्टर युनाईटेडसंग लिभरपुलले बराबरी खेलेको म्याच समेत गुमाउन पुगेका थिए । लेस्टरका हमजा चौधरीको ट्याकलका कारण उनको चोट बल्झिएको थियो ।

सो ट्याकललाई लिएर लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले समेत आपत्ती जनाएका थिए । लिभरपुलले प्रिमियर लिगको आगामी खेलमा क्रिस्टल प्यालेससंग नोभेम्बर २३ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : २८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा