बागलुङको बडिगाडमा नेकपाका उम्मेदवारलाई जनमोर्चाको समर्थन | Khabarhub Khabarhub

बागलुङको बडिगाडमा नेकपाका उम्मेदवारलाई जनमोर्चाको समर्थन


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्षको लागि हुने उपनिर्वाचनको लागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फवाट ढालप्रसाद शेरचन, नेपाली काग्रेसको तर्फवाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट हरिलाल रानाको उमेद्वारी परेको छ ।

नेकपाका उमेद्वार ढालप्रसाद शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेम बहादुर पुन रहेका छन् ।
त्यस्तै नेपाली काग्रेसका उमेद्वार डिल बहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहेको निर्वाचन अधिकृत ध्रुव ढकालले जानकारी दिए ।

निर्वाचन कार्यालय बडिगाड गाउँपालिका ५ खार बजारमा आज विहान ११ बजे देखि दिउसो १ बजे सम्म मनोनयन दर्ता गरिएको थियो। उपनिर्वाचनमा बडिगाड गाउँपालिका वडा नं. २ मा एक हजार सात सय ४२ मतदाता सहभागि हुने निर्वाचन कार्यालय बडिगाडले जनाएको छ।

वडा अध्यक्ष विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएकोले निर्वाचन हुन लागेको हो । मनोनयनको समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्मा, तथा नेपाली काग्रेसको तर्फवाट सांसद ज्ञानकुमारी छन्त्याल लगाएतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ४ : ५४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका