अमेरिका विरोधी बोलिभियाका ‘भगौडा’ राष्ट्रपतिको भुइँमै बास ! « Khabarhub

अमेरिका विरोधी बोलिभियाका ‘भगौडा’ राष्ट्रपतिको भुइँमै बास !


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका विरोधी बोलिभियाका निवर्तमान राष्ट्रपति इभो मोरालेसको भुइँमै बास भएको छ । राष्ट्रपतिबाट राजिनामा दिएपछि मेक्सिकोमा शरण लिन पुगेका उनको एउटा सामान्य कोठामा बास भएको हो ।

मेक्सिकोमा शरण लिन पुगेका उनी कुनै आलिसान महलमा छैनन् । सामान्य कोठाको भुईँमा तन्ना राखेर पल्टिएका छन् । झुल हालेका छन् । पल्टिएर मोबाइल चलाइरहेको तस्वीर समेत उनले सार्वजनिक गरेका छन् ।

उनले ट्वीटमा आफू बसेको तस्बिर राख्दै मेक्सिकोमा शरण लिएको पहिलो रात भनेका छन् ।

उनलाई मेक्सिको ल्याइएपछि त्यहाँको वामपन्थी सरकारले मोरालेसको स्वागत गरेको थियो । विशेष जेटबाट ल्याइएका आदिवासी नेता मोरालेसले प्रहरीको बलमा ‘कू’ गरी राष्ट्रपतिबाट राजीनामा दिन वाध्य गराइएको लेखेका छन् । उनले आफूले राजनीतिका संघर्षका दिनलाई पुनः स्मरण गरेको उल्लेख गरेका छन् ।

उनलाई लिन मेक्सिकोको जेट विमान बोलिभिया पुगेको थियो । उनलाई बोलिभियामा लिन जाँदा समेत रोचक घटना घट्यो । उनलाई लिन गएको विमानले लामो प्रक्रिया लगाएको थियो ।

मोरालेसलाई लिन गएको विमान तेल भर्नका लागि शुरुमा पेरु पुग्यो । पेरुमा विमानलाई अवतरण अनुमति दिए पनि त्यहाँबाट तत्काल उडानको अनुमति नपाउँदा तनाव सिर्जना भएको थियो । विमान लामो समय कुरेपछि मात्र बोलिभिया पुगेको थियो ।

बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका मोरालेसलाई मेक्सिकोको विदेश मन्त्रालयले राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको दिएको थियो ।

उनलाई शरण दिने कुरा बोलिभियाली विदेश मन्त्रालय, अमेरिकी राज्यहरूका साथै मेक्सिकोको सिनेट र संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी गराइएको विदेशमन्त्री एब्राडले बताएका छन् ।

मोरालेसको कार्यकाल सन् २०२० को जनवरीमा सकिने भएपनि बोलिभियाली सेनाले राजिनामा दिन लगाएपछि उनले राजिनामा दिएका थिए । यसलाई मेक्सिकोले ‘कु’ को संज्ञा दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : ४८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले