फास्ट ट्रयाक मूल्यांकन मस्यौदाको सूचना चुहाउने सेनाका अधिकारी कारबाहीमा « Khabarhub

फास्ट ट्रयाक मूल्यांकन मस्यौदाको सूचना चुहाउने सेनाका अधिकारी कारबाहीमा


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेना कै अधिकारीबाट तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनोटको मूल्यांकन प्रतिवेदनको बाहिरिएको पाएपछि सेनाले कारबाही प्रक्रिया थालेको छ ।

आयोजनाको सुपरिवेक्षण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटको क्रममा मस्यौदा चुहावट भएको रहस्य खुलेपछि सेनाले तत्कालीन आयोजना प्रमुखसहित ७ जनालाई सचेत गराएको छ ।

सैनिक सचिव विभागले आयोजना तत्कालीन प्रमुख उपरथी योगेन्द्र खाँणसहित ७ प्राविधिक मूल्यांकन बोर्डका सदस्यहरूलाई सचेत गराएको जंगीअड्डाले जनाएको छ। चुहावटबारे अध्ययन गर्न गठित सेनाले कोर्ट अफ इन्क्वायरी बोर्डले मस्यौदा चुहावट भएको ठहर गरेपछि विभागले सचेत गराएको हो।

सैनिक सचिव विभागले आयोजनाको विज्ञको रुपमा कार्यरत गैरसैनिकहरूलाई पनि सचेत गराएको छ। खाँणसहित ७ जना विरुद्ध प्रधानसेनापति र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

मन्त्रिपरिषद्को निर्णयबाट फास्ट ट्रयाक निर्माणको कामको जिम्मेवारी सेनालाई दिएपछि काम भइरहेको छ। पछिल्लो डीपीआर अनुसार फास्ट ट्रयाकको दूरी चार किलोमिटर घट्ने छ। यसअघि ७६.४ किलोमिटर दूरी रहेकामा हाल ७२.४ किलोमिटर कायम गर्ने जनाएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ५९ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको