फास्ट ट्रयाक मूल्यांकन मस्यौदाको सूचना चुहाउने सेनाका अधिकारी कारबाहीमा « Khabarhub

फास्ट ट्रयाक मूल्यांकन मस्यौदाको सूचना चुहाउने सेनाका अधिकारी कारबाहीमा


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेना कै अधिकारीबाट तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता छनोटको मूल्यांकन प्रतिवेदनको बाहिरिएको पाएपछि सेनाले कारबाही प्रक्रिया थालेको छ ।

आयोजनाको सुपरिवेक्षण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटको क्रममा मस्यौदा चुहावट भएको रहस्य खुलेपछि सेनाले तत्कालीन आयोजना प्रमुखसहित ७ जनालाई सचेत गराएको छ ।

सैनिक सचिव विभागले आयोजना तत्कालीन प्रमुख उपरथी योगेन्द्र खाँणसहित ७ प्राविधिक मूल्यांकन बोर्डका सदस्यहरूलाई सचेत गराएको जंगीअड्डाले जनाएको छ। चुहावटबारे अध्ययन गर्न गठित सेनाले कोर्ट अफ इन्क्वायरी बोर्डले मस्यौदा चुहावट भएको ठहर गरेपछि विभागले सचेत गराएको हो।

सैनिक सचिव विभागले आयोजनाको विज्ञको रुपमा कार्यरत गैरसैनिकहरूलाई पनि सचेत गराएको छ। खाँणसहित ७ जना विरुद्ध प्रधानसेनापति र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

मन्त्रिपरिषद्को निर्णयबाट फास्ट ट्रयाक निर्माणको कामको जिम्मेवारी सेनालाई दिएपछि काम भइरहेको छ। पछिल्लो डीपीआर अनुसार फास्ट ट्रयाकको दूरी चार किलोमिटर घट्ने छ। यसअघि ७६.४ किलोमिटर दूरी रहेकामा हाल ७२.४ किलोमिटर कायम गर्ने जनाएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ५९ बजे

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ – माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

अब चीनमा एआई मोडलबाट शेयर बजारको भविष्यवाणी र विश्लेषण

पेइचिङ – चीनले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।