बलात्कार आरोपी वडाध्यक्ष छुटाउन काँग्रेसको प्रदर्शन « Khabarhub

बलात्कार आरोपी वडाध्यक्ष छुटाउन काँग्रेसको प्रदर्शन


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुथान नगरपालिका वडा १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाईको माग गर्दै नेपाली काँग्रेसले सदरमुकाम राजबिराजमा विरोध प्रदर्शन गरेको छ ।

सुनियोजित तरिकाले रचिएको षडन्त्रबारे सुक्ष्म अनुसन्धानै नगरी वडाध्यक्ष साहलाई झुठो मुदा लगाई प्रहरीले पक्राउ गरेको भन्दै काँग्रेसले विरोध प्रदर्शन गरेको हो । काँग्रेसले झुठा मुद्दा खारेज गरी वडाध्यक्ष साहलाई अविलम्व रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

स्थानीय ३५ बर्षिया एक महिलाले आफूलाई गाउँकै कुखुरा फर्मममा १० दिन अघि वडाध्यक्ष साहले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागी गत बुधबार विहान प्रहरीले साहलाई पक्राउ गरेको थियो । साहका रिहाईको माग राख्दै राजरंगशालाबाट निस्केको जुलुसमा प्रहरी प्रशासन विरुद्घ चर्को नारावाजी गरिएको थियो ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ज्ञापन पत्र समेत बुझाएका छन् । प्रतिसोधको भावनाले सुनियोजित तरिकाले वडाध्यक्ष साहलाई फसाईएको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ७ : १७ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको