‘ए’ डिभिजन लिग आजबाट, मछिन्द्र र ब्रिगेड ब्वाईज भिड्दै « Khabarhub

‘ए’ डिभिजन लिग आजबाट, मछिन्द्र र ब्रिगेड ब्वाईज भिड्दै


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट शुरु हुदैछ ।

घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज शुरु हुन लागेको हो । उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ । लिगमा १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।

लिग अवधिभर कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टिमले उपाधि हात पार्नेछ । यस सिजन मात्र एक क्लब रेलिगेशनमा पर्नेछ ।

लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउनेछ । बराबरी भए १५÷१५ हजार हात पार्नेछ ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

हरेक खेलको म्यान अफ दि म्याचलाई केल्मी ५० हजार र सिजनको फेयर प्ले टिमले १ लाख पाउनेछ । मनाङ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ७ : ४४ बजे

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो