धनुषामा बम विष्फोट, एकै परिवारका २ जनाको मृत्यु « Khabarhub

धनुषामा बम विष्फोट, एकै परिवारका २ जनाको मृत्यु


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा गएराति बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् । बम विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा राजेश साहकी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।

उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । चारै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

शंकास्पदवस्तु भएको जानकारी प्राप्त भएसँगै सो स्थानमा प्रहरी पुग्दा बम विष्फोट भएको थियो । विष्फोटका कारण प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको छ । बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ७ : ५७ बजे

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

चितवन– भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो