मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बा९२प ५१९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : ३५ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको