कावासोतीमा बस दुर्घटना, नेपाली सेनाका १७ जना घाइते « Khabarhub

कावासोतीमा बस दुर्घटना, नेपाली सेनाका १७ जना घाइते


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस कावासोती-३ पुरानो कावासोती बजारमा दुर्घटनामा परेको हो ।

नेपाली सेना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं आउँदै गरेका जवानहरु सवार बस दुर्घटनामा परेको हो ।

घाइतेमध्य्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाही गम्भीर छन् । उनीहरुको चितवनमा उपचार भइरहेको छ भने् अन्यको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बसमा ४० जना सवार थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : ४२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी