भ्रमण वर्ष व्यवस्थित गर्न कार्यदल « Khabarhub

भ्रमण वर्ष व्यवस्थित गर्न कार्यदल


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पर्यटकीय क्षेत्र सौराहासमेत रहेको रत्ननगर नगरपालिकाले भ्रमण वर्ष २०२० लाई व्यवस्थित गर्न कार्यदल बनाएको छ ।

नगरपालिकाले सौराहाका पर्यटन व्यवसायी, उद्योग व्यवसायी तथा सामाजिक सङ्घसंस्थासँग छलफल गरी भ्रमण वर्षको तयारी र पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यदल बनाएको हो ।

रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष राजन भट्ट संयोजक रहेको कार्यदलमा वडाध्यक्ष कृष्ण महतो, बलराम दाहाल, विनोद बस्नेत, क्षेत्रीय होटल सङ्घ, रेवान सौराहा, रत्ननगर उद्योग वाणिज्य सङ्घ, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, साना पर्यटन व्यवसायी समूह, बाघमारा, चित्रसेन, जनकौली मध्यवर्ती सामुदायिक वन, चितवन उद्योग सङ्घ एकाइ समिति रत्ननगर, रेवान महिला समूह कार्यदलको सदस्य तथा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विश्वास श्रेष्ठ सदस्यसचिव रहेका छन् ।

कार्यदलले पर्यटकीय नगरी सौराहालाई केन्द्र बनाएर विभिन्न काम गर्नेछ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा र यस आसपासमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यदल बनाइएको प्रमुख नारायण वनले बताए ।

कार्यदलले भ्रमण वर्षको उद्घाटन कार्यक्रमदेखि योजना बनाउने, कार्यान्वयन गर्ने, धार्मिक पर्यटकीयस्थललाई सौराहाको पर्यटनसँग जोड्ने काम गर्नेछ ।

भ्रमण वर्षमा शुरु गर्न लागिएको रात्रिकालीन जिप सफारी सञ्चालन र निकुञ्ज प्रवेश टिकटको समयावधि बढाउन सरकारी पहल, सामुदायिक वनका पर्यटकीय बाटो, विभिन्न सांस्कृतिक कार्यक्रम गरिने योजना छ ।

प्रमुख वनले भ्रमण वर्षमा होटल तथा रेष्टुरेष्टमा पर्यटकलाई छुट, साइक्लिङ, विभिन्न जातजातिको वेषभूषा प्रदर्शनलगायतका गतिविधि सञ्चालन हुने बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ९ : ४५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी