भ्रमण वर्ष व्यवस्थित गर्न कार्यदल | Khabarhub Khabarhub

भ्रमण वर्ष व्यवस्थित गर्न कार्यदल


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पर्यटकीय क्षेत्र सौराहासमेत रहेको रत्ननगर नगरपालिकाले भ्रमण वर्ष २०२० लाई व्यवस्थित गर्न कार्यदल बनाएको छ ।

नगरपालिकाले सौराहाका पर्यटन व्यवसायी, उद्योग व्यवसायी तथा सामाजिक सङ्घसंस्थासँग छलफल गरी भ्रमण वर्षको तयारी र पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यदल बनाएको हो ।

रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष राजन भट्ट संयोजक रहेको कार्यदलमा वडाध्यक्ष कृष्ण महतो, बलराम दाहाल, विनोद बस्नेत, क्षेत्रीय होटल सङ्घ, रेवान सौराहा, रत्ननगर उद्योग वाणिज्य सङ्घ, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, साना पर्यटन व्यवसायी समूह, बाघमारा, चित्रसेन, जनकौली मध्यवर्ती सामुदायिक वन, चितवन उद्योग सङ्घ एकाइ समिति रत्ननगर, रेवान महिला समूह कार्यदलको सदस्य तथा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विश्वास श्रेष्ठ सदस्यसचिव रहेका छन् ।

कार्यदलले पर्यटकीय नगरी सौराहालाई केन्द्र बनाएर विभिन्न काम गर्नेछ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहा र यस आसपासमा रहेका पर्यटकीय क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यदल बनाइएको प्रमुख नारायण वनले बताए ।

कार्यदलले भ्रमण वर्षको उद्घाटन कार्यक्रमदेखि योजना बनाउने, कार्यान्वयन गर्ने, धार्मिक पर्यटकीयस्थललाई सौराहाको पर्यटनसँग जोड्ने काम गर्नेछ ।

भ्रमण वर्षमा शुरु गर्न लागिएको रात्रिकालीन जिप सफारी सञ्चालन र निकुञ्ज प्रवेश टिकटको समयावधि बढाउन सरकारी पहल, सामुदायिक वनका पर्यटकीय बाटो, विभिन्न सांस्कृतिक कार्यक्रम गरिने योजना छ ।

प्रमुख वनले भ्रमण वर्षमा होटल तथा रेष्टुरेष्टमा पर्यटकलाई छुट, साइक्लिङ, विभिन्न जातजातिको वेषभूषा प्रदर्शनलगायतका गतिविधि सञ्चालन हुने बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ९ : ४५ बजे

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य

काठमाडौंमा थप दुई हजार मेगावाट विद्युत आपूर्ति गर्ने प्रसारणलाइन र सबस्टेशन आज उद्घाटन गरिँदै

काठमाडौं – काठमाडौं उपत्यकामा दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक