हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित « Khabarhub

हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– शुक्रबार दिउँसोदेखि लगातार वर्षा र हिमपातपछि हिमाली जिल्ला ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ ।

जिल्लाभर वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । लगातारको वर्षा र हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओलाङचुङगोला, घुन्सा, याङ्मा, ग्याब्ला, फले, लेलेपलगायतका स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।

“बाहिर एक फिटभन्दा बढी हिउँ जमिसकेको छ, अझै हिउँ पर्ने क्रम रोकिएको छैन, चिसोले घर बाहिर निस्कन सकिएको छैन”, घुन्साबाट टाँसी तेन्जिङ शेर्पाले भने ।

उत्तरी क्षेत्रका करीब तीन हजार मिटरभन्दा माथिका हिमाली भेगमा लगातार हिमपात भइरहेको छ । “हामी त जाडो थेग्न सक्छौँ, बूढाबूढी र बच्चाबच्चीलाई चिसोले सताउने हो, अत्यधिक चिसोले घर बाहिर निस्कन सकिएको छैन, पशुचौपायको स्याहार गर्न पनि गाह्रो छ, घरभित्रै आगो तापेर चिसो कटाइरहेका छौँ”, ओलाङचुङगोलाकी यमुना सिवाले भने ।

लामो समयपछि भएको वर्षाले किसानलाई फाइदा भए पनि वर्षासहितको हिमपातले चिसो बढेपछि भने समस्या भएको स्थानीयवासीले बताएका छन् । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा क्षेत्रमा हिजोदेखि नै बाक्लो हिमपात भइरहेको छ ।

सो क्षेत्रमा दुई फिट बढी हिउँ जमेको स्थानीयवासी होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिए । “हिजोदेखि नै बाक्लो हिउँ परिरहेको छ, झण्डै दुई फिट हिउँ जमिसक्यो, फाट्टफुट्ट मानिस मन्दिर जानेआउने गरिरहेका छन्”, भट्टराईले भने ।

जिल्लाको सदरमुकाम फुङलिङमा समेत निकै चिसो बढेको छ । यम्फुदिन, कालिखोला, पापुङलगायतका क्षेत्रमा चिसो बढेको स्थानीयवासीले बताएका छन् । ताप्लेजुङमा आज बिहानको तापक्रम ४.६ डिग्री सेल्सियस रहेको पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै ताप्लेजुङमा ३६ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १० : ५९ बजे

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

चितवन– भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो