केन्द्रीय कमिटीको कार्यसूची तय गर्न नेकपा सचिवालय बैठक बस्दै « Khabarhub

केन्द्रीय कमिटीको कार्यसूची तय गर्न नेकपा सचिवालय बैठक बस्दै


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो ।

उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्र बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकल निर्देशन दिएको थियो तर समयमा सबैको प्रतिवेदन नआएको भन्दै पाँच दिनभित्र सबैले आआफ्नो प्रतिवेदन बुझाउन मंसिर २३ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो ।

बैठकमा मंसिर २९ गते बस्ने स्थायी कमिटीको बैठकमा हुने एजेन्डाहरूको विषयमा पनि छलफल हुने बताइएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो ३ बजे बस्नेछ ।

स्थायी कमिटीको बैठक मंसिर २९ गते ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १२ : ४३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु