लिबियामा पक्राउ परेका आप्रवासीलाई स्वदेश फर्काइयो « Khabarhub

लिबियामा पक्राउ परेका आप्रवासीलाई स्वदेश फर्काइयो


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ ।

ती विदेशी आप्रवासीहरु युरोप प्रवेश गर्ने तयारीमा रहेका थिए । उनीहरुलाई केही दिनदेखि लिबियाको आप्रवासन केन्द्रमा राखिएको थियो ।

यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरमा प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो । सोही शहरमा रहेको आप्रवासन केन्द्रमा केही दिन राखेपछि उनीहरुलाई सोही स्थानबाट फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।

यो आप्रवासन केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार स्वदेश फर्काइएका ती नागरिक अफ्रिकी मुलुकहरु चाड र सुडानका रहेका छन् । उनीहरु सो बाटो भएर युरोप प्रवेश गर्ने तयारीमा रहेको बताएका थिए ।

अफ्रिकी मुलुक चाड र सुडान सरकारसँगको परामर्श र सहकार्यपछि उनीहरुलाई आफ्नै देश फिर्ता गरिएको उल्लेख छ । युरोप प्रवेश गर्नका लागि अधिकांश अफ्रिकी मूलका नागरिकले लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् ।

पछिल्ला केही वर्षयतादेखि लिबियामा असुरक्षा बढ्दो मात्रा छाएको छ । यहाँको राजनीतिक अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । उनीहरु त्यसबाट बच्न पनि लिबिया भएर युरोपमा शरण माग्ने गरेका छन् ।

सन् २०११ मा तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन पतन भएको थियो । उनको शासनको अन्त्यसँगै लिबियामा त्यस पछिका वर्षहरुमा झनै असुरक्षा बढ्दै गएको पनि बताइएको छ ।

हाल लिबियामा कम्तीमा पनि ६ लाख अवैध आप्रवासी बसी आएका छन् । उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार यति ठूलो संख्याका नागरिकलाई ठूलो मात्रामा सहायताको खाँचो रहेको भए पनि त्यसो हुन नसकेको बताइएको छ ।

सुरक्षाकर्मीले पक्राउ गरेका यहाँका हजारौं आप्रवासीलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । सो सङ्गठनले जनाएअनुसार असुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय समुदायले यी अस्थायी शिविरहरु नै बन्द गर्न आग्रह गरेका छन् ।

तर पनि लिबिया सरकारले भने यी शिविर बन्द गर्न अस्वीकार गर्दै आएको छ । ती शिविरमा प्रत्येक महिनाजसो समुद्रबाट उद्धार गरिएका वा असुरक्षाबाट भाग्न खोजेका लिबियाली र अरु देशका शरणार्थीहरुलाई समेत राख्ने गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १२ : ५९ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको