लिबियामा पक्राउ परेका आप्रवासीलाई स्वदेश फर्काइयो « Khabarhub

लिबियामा पक्राउ परेका आप्रवासीलाई स्वदेश फर्काइयो


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनअघि लिबियामा पक्राउ परेका करिब १४० जना आप्रवासीलाई लिबियाले उनीहरुकै देशमा फिर्ता गरिदिएको बताइएको छ ।

ती विदेशी आप्रवासीहरु युरोप प्रवेश गर्ने तयारीमा रहेका थिए । उनीहरुलाई केही दिनदेखि लिबियाको आप्रवासन केन्द्रमा राखिएको थियो ।

यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरमा प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिइएको थियो । सोही शहरमा रहेको आप्रवासन केन्द्रमा केही दिन राखेपछि उनीहरुलाई सोही स्थानबाट फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।

यो आप्रवासन केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार स्वदेश फर्काइएका ती नागरिक अफ्रिकी मुलुकहरु चाड र सुडानका रहेका छन् । उनीहरु सो बाटो भएर युरोप प्रवेश गर्ने तयारीमा रहेको बताएका थिए ।

अफ्रिकी मुलुक चाड र सुडान सरकारसँगको परामर्श र सहकार्यपछि उनीहरुलाई आफ्नै देश फिर्ता गरिएको उल्लेख छ । युरोप प्रवेश गर्नका लागि अधिकांश अफ्रिकी मूलका नागरिकले लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् ।

पछिल्ला केही वर्षयतादेखि लिबियामा असुरक्षा बढ्दो मात्रा छाएको छ । यहाँको राजनीतिक अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । उनीहरु त्यसबाट बच्न पनि लिबिया भएर युरोपमा शरण माग्ने गरेका छन् ।

सन् २०११ मा तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन पतन भएको थियो । उनको शासनको अन्त्यसँगै लिबियामा त्यस पछिका वर्षहरुमा झनै असुरक्षा बढ्दै गएको पनि बताइएको छ ।

हाल लिबियामा कम्तीमा पनि ६ लाख अवैध आप्रवासी बसी आएका छन् । उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार यति ठूलो संख्याका नागरिकलाई ठूलो मात्रामा सहायताको खाँचो रहेको भए पनि त्यसो हुन नसकेको बताइएको छ ।

सुरक्षाकर्मीले पक्राउ गरेका यहाँका हजारौं आप्रवासीलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । सो सङ्गठनले जनाएअनुसार असुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय समुदायले यी अस्थायी शिविरहरु नै बन्द गर्न आग्रह गरेका छन् ।

तर पनि लिबिया सरकारले भने यी शिविर बन्द गर्न अस्वीकार गर्दै आएको छ । ती शिविरमा प्रत्येक महिनाजसो समुद्रबाट उद्धार गरिएका वा असुरक्षाबाट भाग्न खोजेका लिबियाली र अरु देशका शरणार्थीहरुलाई समेत राख्ने गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १२ : ५९ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व