व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल « Khabarhub

व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्माण व्यवसायीहरुले निर्माणको कार्यमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी सङ्घ मोरङको २५औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले व्यवसायीहरुले निर्माण कार्यको जिम्मेवारी लिएपछि तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले व्यवसायीले पूर्वाधार निर्माणमा उच्चतम प्रविधिकको प्रयोग गरी गुणात्मक काम गर्न जोड दिँदै मुलुकको विकासमा सहयोग पुर्‍याउन ठूलो भूमिका खेलको विचार व्यक्त गरे ।

उनले शिक्षा पूर्वाधारको पूर्वाधार भएकाले शिक्षा, प्रविधिको विकासबाट नै मुलुकमा समृद्ध कायम हुने हुँदा यसतर्फ ध्यान दिन व्यवसायी क्रियाशील हुनुपर्ने बताए ।

मन्त्री पोखरेलले व्यवसायीका केही गुनासा र समस्या मन्त्रिपरिषद्को बैठकमा लगी छलफलका माध्यमबाट समाधान गरिने विश्वास दिलाउँदै टोलीबद्ध भएर काम गर्न आग्रह गरे ।

सङ्घका अध्यक्ष सन्तोषकुमार ढुङ्गानाले समृद्ध कायम तथा रोजगार उपलब्ध गराउन व्यवसायीको ठूलो भूमिका रहेको बताउनुभयो । सङ्घअन्तर्गत मोरङमा तीन सय व्यवसायी आबद्ध छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  २ : १५ बजे

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले

पूर्वप्रधानमन्त्री ओलीको आज शल्यक्रिया हुँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

चितवन– भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो