वर्तमान सडक पूर्वाधारले समृद्धि सम्भव छैन: प्रभु साह | Khabarhub Khabarhub

वर्तमान सडक पूर्वाधारले समृद्धि सम्भव छैन: प्रभु साह


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले वर्तमान निर्माणाधीन सडक पूर्वाधारले समृद्धि ल्याउन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

समृद्धिका लागि मुल आधार सडक भएको जीकिर गर्दै अध्यक्ष साहले अहिले मुलुकमा निर्माणाधीन सडकहरु समय सापेक्ष नभएकोले त्यस्ता सडकबाट धेरै अपेक्षा गर्न नसकिने बताए । सडकसीमाको विषय बारम्बार उठाइराख्ने अध्यक्ष साहले तोकिएको मापदण्डअनुसार सडक निर्माण नभइरहेको जीकिर गरे ।

उनले भने, “२०३१ सालमा तत्कालीन शाही सरकारले सडक ऐनमा मुख्य राजमार्गको लागि ५० मिटर तथा सहायक राजमार्गका लागि ३० मिटर सडकसीमाको व्यवस्था गरेको थियो । राजपत्रमै सडकसीमा तोकेर सोही अनुसार दर्जनौं सडक निर्माण गरिएको थियो । आज त्यही सडकले देशको इज्जत धानेको छ । कानुनी व्यवस्था आज पनि त्यही भएपनि कार्यान्वयन भने गर्न नसक्दा सडकहरु १२ मिटरमा सीमित भएको छ । राजतन्त्रभन्दा पनि प्रजातान्त्रिक व्यवस्थामा यस्तो अदुर्दर्शिता ठूलो दुर्भाग्य हो । यसबाट समृद्धि असम्भव छ।”

निर्माणाधीन सडकहरु मापदण्डविपरीत भएको भन्दै अध्यक्ष साहले भने, “हाल निर्माण भएका तथा भइरहेका बिपी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, हुलाकी सडक जस्ता मुख्य सडकहरुको कतै ९ मिटर त कतै १२ मिटर सडकसीमा रहेको छ ।

पन्चायतकालको तुलनामा अहिले जनसंख्या, गाडीको संख्यामा गुणात्मक वृद्धि भएको भएपनि सडकसीमा यथावत रहदा र त्यो पनि कार्यान्वयन न हुदा राज्य कति गैरजिम्मेवार तरिकाले अगाडि बढेको छ भन्ने कुरा स्पष्ट हुन्छ । यसरी हामी समृद्धिको जुन सपना देखिरहेका छौँ त्यो पूरा गर्न सक्दैनौं ।”

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ३ : ५० बजे

गण्डकी प्रदेशमा क्षतिग्रस्त भौतिक संरचनाको प्रारम्भिक मूल्याङ्कन गरिँदै

कास्की– गण्डकी प्रदेशमा जेन-जीको प्रदर्शनका क्रममा क्षति भएका सरकारी, व्यावसायिक

तुइन खोला पहिरो : यात्रुहरू शुक्रबारदेखि सडकमै अलपत्र, खुलाउने प्रयास जारी

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ का रेशम बादी पुर्ख्यौली

चोरी गरेका सामग्री तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत

बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको