वर्तमान सडक पूर्वाधारले समृद्धि सम्भव छैन: प्रभु साह « Khabarhub

वर्तमान सडक पूर्वाधारले समृद्धि सम्भव छैन: प्रभु साह


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले वर्तमान निर्माणाधीन सडक पूर्वाधारले समृद्धि ल्याउन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

समृद्धिका लागि मुल आधार सडक भएको जीकिर गर्दै अध्यक्ष साहले अहिले मुलुकमा निर्माणाधीन सडकहरु समय सापेक्ष नभएकोले त्यस्ता सडकबाट धेरै अपेक्षा गर्न नसकिने बताए । सडकसीमाको विषय बारम्बार उठाइराख्ने अध्यक्ष साहले तोकिएको मापदण्डअनुसार सडक निर्माण नभइरहेको जीकिर गरे ।

उनले भने, “२०३१ सालमा तत्कालीन शाही सरकारले सडक ऐनमा मुख्य राजमार्गको लागि ५० मिटर तथा सहायक राजमार्गका लागि ३० मिटर सडकसीमाको व्यवस्था गरेको थियो । राजपत्रमै सडकसीमा तोकेर सोही अनुसार दर्जनौं सडक निर्माण गरिएको थियो । आज त्यही सडकले देशको इज्जत धानेको छ । कानुनी व्यवस्था आज पनि त्यही भएपनि कार्यान्वयन भने गर्न नसक्दा सडकहरु १२ मिटरमा सीमित भएको छ । राजतन्त्रभन्दा पनि प्रजातान्त्रिक व्यवस्थामा यस्तो अदुर्दर्शिता ठूलो दुर्भाग्य हो । यसबाट समृद्धि असम्भव छ।”

निर्माणाधीन सडकहरु मापदण्डविपरीत भएको भन्दै अध्यक्ष साहले भने, “हाल निर्माण भएका तथा भइरहेका बिपी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, हुलाकी सडक जस्ता मुख्य सडकहरुको कतै ९ मिटर त कतै १२ मिटर सडकसीमा रहेको छ ।

पन्चायतकालको तुलनामा अहिले जनसंख्या, गाडीको संख्यामा गुणात्मक वृद्धि भएको भएपनि सडकसीमा यथावत रहदा र त्यो पनि कार्यान्वयन न हुदा राज्य कति गैरजिम्मेवार तरिकाले अगाडि बढेको छ भन्ने कुरा स्पष्ट हुन्छ । यसरी हामी समृद्धिको जुन सपना देखिरहेका छौँ त्यो पूरा गर्न सक्दैनौं ।”

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ३ : ५० बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर