उत्तर कोरियाले गर्‍यो फेरि आणविक परीक्षण « Khabarhub

उत्तर कोरियाले गर्‍यो फेरि आणविक परीक्षण


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले उसको भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन “महत्त्वपूर्ण परीक्षण” सम्पन्न गरेको त्यहाँको राज्य सञ्चालित मिडिया रिपोर्टमा जनाइएको छ ।

एकजना प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा परीक्षण गरिएको थियो । तर उनले थप विवरण नदिएको बीबीसीले उल्लेख गरिएको छ ।

यो एकहप्ता भन्दा कम समयमा गरिएको दोश्रो परीक्षण हो । अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक कार्यक्रमबारेको वार्ता अहिले ठप्प छ ।

प्योङयाङले अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा तोक्दै नयाँ सहुलियहरू दिन भनेको छ र त्यसो नभए उसले ‘नयाँ बाटो’ अपनाउने बताएको छ ।

दक्षिण कोरियाका रक्षा मन्त्रीले डिसेम्बरको सुरुमा जमिनमा आधारित एक इन्जिनको परीक्षण गरिएको बताए । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्दैछ्न । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझ पनि उत्तर कोरियासँग सहमति बन्ने आशा राखेको बताए ।

ट्रम्पले सन् २०१८मा उनले अख्तियार गरेको उनको विदेश नीति एजेन्डा बमोजिम उत्तर कोरियालाई मनाउन उसको पछि लागिरहे पनि, किम जङ-अनसँग दुईपटक शिखर वार्ता गरेपनि र ट्रम्प उत्तर कोरियाली भूमिमै पुगेको भएपनि निरस्त्रीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुन सकेको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ६ : २२ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित