निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्छ–महानिर्देशक पोखरेल « Khabarhub

निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्छ–महानिर्देशक पोखरेल


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्ने बताएका छन् ।

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्राष्ट्रिय सम्पर्कको माध्यम हवाई मार्ग नै उपयुक्त भएकोले पूर्ण क्षमताको विमानस्थल आवश्यक रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकल्प भएर पनि त्यतातिर किन नलाग्ने भन्दै उनले प्रश्न गरे । शनिबार राजधानीमा आयोजित एक कार्यक्ममा महानिर्देशक पोखरेलले पूर्ण क्षमताको विमानस्थल निर्माणमा कुनै अवरोध गर्न नहुने पनि बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि लिएर अहिले निर्माण भइरहेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका नभएको उल्लेख गर्दै महानिर्देशक पोरखेलले निजगढ विमानस्थल निर्माणको विकल्प नभएको बताए ।

२५ वर्षको अध्ययनले निजगढलाई नै उपयुक्त देखाएकाले सधै अरुको भर पर्नुभन्दा निजगढको निर्माणमा ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

महानिर्देशक पोखरेलले २५ वर्ष पहिल्यै नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर आवश्यकत्ता औँल्याइ सकिएको पनि बताए । उनले विमानस्थलको निर्माण पब्लिक प्राइभेट पार्टनरसिप(पीपीपी) मोडलमा हुने बताए ।

विमानस्थल निर्माणका लागि ७–८ वटा कम्पनीले आवदेन दिए पनि तीमध्येबाट स्विजरल्याण्डको जुरिच एअरपोर्ट छनौटमा परेको पोखरेलले जानकारी दिए ।

साक्षात्कारमा तत्कालीन हवाई विभागका महानिर्देशक एवं पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको भाग्य र आर्थिक उन्नतिसँग जोडिएको बताए । नेपालको सामरिक महत्वसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमास्थल सुरक्षाको हिसाबले पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ६ : ३८ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का