आगलागी पीडितका लागि राहत सङ्कलन | Khabarhub Khabarhub

आगलागी पीडितका लागि राहत सङ्कलन


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– आगलागी भएको घर परिवारका लागि जुम्लामा राहत सङ्कलन शुरु भएको छ ।

जुम्ला चन्दननाथ नगरपालिका–२ का गोविन्द भण्डारीको आगलागीबाट रु दुई करोड बराबरको घर जलेर नष्ट भएको थियो । घरको बीमासमेत नभएका कारण धेरै ठूलो क्षति व्यहोरेकाले अहिले घर धनी भण्डारी राहत माग्दै सरोकारवाला निकायसँग अपिल गरिरहेका छन् ।

भण्डारीको घरको ठूलो क्षति भएको भन्दै लाइन्स क्लबले रु ४० हजार सहयोग स्वरुप प्रदान गरेको छ । क्लबले चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको रोहवरमा प्रदान गरिएको अध्यक्ष गणेश रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै नै क्षति भएर मन पोलेपछि सानो सहयोग प्रदान गरिएको हो ।

यसैगरी चन्दननाथ नगरपालिकाले रु ६० हजार राहत उपलब्ध गराएको छ । गत मङ्सिर ८ गते जलेर नष्ट भएको घर जिल्ला प्रहरी कार्यालयका अनुसार रु एक करोड ७३ लाख ३० हजार ५०० को धनमाल, घर तथा भौतिक पूर्वाधारमा क्षति भएको छ ।

भण्डारीको नगद रु दुई लाख ५० हजार र गरगहनासहित विभिन्न सामग्री तथा घर जलेर नष्ट भएको थियो । यति ठूलो क्षति हुँदा पनि सरकारी निकायबाट राहतको प्राथमिकतामा नपर्दा अहिले राहत सङ्कलन अभियान शुरु गरिएको छ । आधिकारिक ट्रेड युनियनले रु २० हजार सहयोग गरिएको अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिए ।

राहतका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगेका भण्डारीलाई प्रतिष्ठानले व्यक्तिगतरुपमा राहत प्रदान गर्न अभियान थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । प्रतिष्ठानमा २७३ कर्मचारी छन् ।

स्थानीय विपत् व्यवस्थापन समितिले आर्थिक अभावका कारण राहत दिन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए । भण्डारीको क्षतिमा मलम लगाउन अभियान तीव्र पार्नुपर्ने जागौँ कर्णालीका कार्यरत युवा गोविन्द सुनारले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : २८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी