धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि « Khabarhub

धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार मध्यराति धनुषामा भएको बम विस्फोटमा परी मृत्‍यु भएका नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको अन्त्येष्टि गरिएको छ । स्वर्गी‍य दाहालको शनिवार पशुपति आर्यघाटमादाहसंस्कार गरिएको हो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले दाहालको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

साथै प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु तथा दाहालका परिवारजन एवं आफन्तजनले समेत दाहालको पार्थिव शरीरमा फूलगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरे ।

दाहालको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । दाहालको पार्थिव शरीरमा उनका बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिए ।

संखुवासभामा जन्मिएका प्रहरी निरीक्षक दाहाल हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ कृष्णनगरमा बस्दै आएका थिए ।

२०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका दाहाल २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक तथा २०७५ बैशाख १९ गते प्रहरी निरीक्षक पदमा बढुवा भएका थिए ।

दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन् । दाहाल २०७६ साउन ८ गतेदेखि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत थिए ।

दाहालको नुषामा गएराति बम विष्फोट हुँदा मृत्यु भएको थियो ।धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार स्थित राजेश साहको घरको गेटमा राखेको बम विस्फोट हुँदा दाहालसँगै तीन जनाको मृत्यु भएको थियो ।

विस्फोटमा परि घाइते भएका दाहालको उपचारका क्रममा मृत्यु भएको थियो भने घर धनी साह र उनका छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : ०९ बजे

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न