विप्लवको ३ वर्ष : ७३ विस्फोट र आगजनी, ११ महिनामा ४ सय पक्राउ « Khabarhub

विप्लवको ३ वर्ष : ७३ विस्फोट र आगजनी, ११ महिनामा ४ सय पक्राउ


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पछिल्लो ३ वर्षमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७३ ठाउँमा विस्फोट र आगजनी गरेको छ । सबैभन्दा धेरै विस्फोटका घटना उनीहरुले चालू आर्थिक वर्षमा गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यस्तै ११ महिनाको अवधिमा विप्लवका ४ सय नेता कार्यकर्ता पक्राउ परेका छन् भने, ४४ हतियार बरामद भएको नयाँ पत्रिकामा खबर छ।

३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा शीर्षकको समाचारमा पोखरा विश्वविद्यालयअन्तर्गतका ४२ कलेजका ३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा परेको छ । बिबिए र बिबिए–बिआईमा मापदण्डविपरीत भर्ना गरिएका विद्यार्थीको परीक्षा फारम विश्वविद्यालयले नबुझेपछि ती विद्यार्थीको परीक्षामा सहभागिताबारेअन्योल भएको हो।

विश्वविद्यालयले तय गरेको नतिजा ल्याएका १२ कक्षा उत्तीर्णलाई मात्रै भर्ना गर्नुपर्ने मापदण्ड तोडेर कलेजहरूले विद्यार्थी भर्ना गरेका थिए। कलेजहरूले विद्यार्थीसँग भर्नाबापत ४० हजार र पहिलो सेमेस्टरको ६० हजारका दरले उठाइसकेका छन्। ओपेनका महासचिव नरबहादुर विष्टले बिबिए र बिबिए–बिआईमा भर्ना गरिएका ३ सय ३५ विद्यार्थीको परीक्षा फारम भर्ने सवालमा समस्या रहेको बताए।

निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टसहित आठजनाको थुनछेक बहस सकियो शीर्षकको समाचारमाबालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा ‘यातना तथा सार्वजनिक’ न्यायविरुद्धको कसुरमा मुद्दा चलाइएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित आठजनाको थुनछेक बहस सकिएको छ। जिल्ला अदालतमा न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासमा दुई दिन भएको बहसको सुनुवाइ बिहीबार हुने अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। वादी, प्रतिवादी र एमिकस क्युरीका अधिवक्ताले मंगलबार र बुधबार बहस गरेका थिए।

तत्कालीन एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदको थुनछेक बहस भएको हो।

आठैजनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीमा मुद्दा दायर गरेकी थिइन्। यस्तै, एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले पनि यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए। निर्मलालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय दिलीपलाई पक्राउ गरी डिल्ली विष्ट नेतृत्वको प्रहरीले यातना दिएर

अपराध स्विकार्न बाध्य पारेको थियो। ४ भदौमा अभियुक्तका रूपमा सार्वजनिक गरेका उनी पछि डिएनए रिपोर्टमा निर्दोष देखिएका थिए।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : १९ बजे

गर्मीमा विद्यालय बन्द नगरेपछि प्रहरी पठाइयो

बाँके – नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका

क्यानडामा प्रकाश सपुतको सकम्बरी साँझ

काठमाडौँ – गायक प्रकाश सपुतले क्यानडामा प्रस्तुति दिने भएका छन्।

शाहरुखको डंकीमा बिक्की कौशलदेखि तापसी पन्नुसम्म

मुम्बई – शाहरुख खान यो वर्ष आफ्ना दुई फिल्म जवान

चिरायु अस्पतालले गर्‍यो संगीत रोयल्टीको सम्झौता

काठमाडौँ – प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल,

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम सार्वजनिक

काठमाडौँ– काठमाडौं महानगरपालिकाले छात्रवृत्ति दिन अटेर गर्ने महानगर भित्रका विद्यालयहरूको