सांसदको प्रश्नः शैक्षिक माफियाहरुले गर्ने लुटपाटको अन्त्य कहिले हुन्छ ? « Khabarhub

सांसदको प्रश्नः शैक्षिक माफियाहरुले गर्ने लुटपाटको अन्त्य कहिले हुन्छ ?


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसद खेमकुमार विश्वकार्माले ४३ दिनदेखि बन्द रहेको गण्डकी मेडिकल कलेजको विषयमा सदनको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको विहीबारको बैठकमा सांसद विश्वकर्माले कलेजको प्रशासकिय व्यवस्थापनको कमजोरीको कारण ४३ दिनदेखी पठनपाठन ठप्प भएको भन्दै संसदको ध्यानाकर्षण गराएका हुन । कलेजले सरकारले तोकेकोभन्दा तीन गुणा बढी परीक्षा शुल्क असुल गर्ने गरेको, शिक्षा मन्त्रालयमा छात्रावृत्तिमा गएका विद्यार्थीसँग एक लाख र इन्टनसिपमा एक लाख ९२ हजार संकलन गरेको भन्दै सांसद विश्वकर्माले शैक्षिक माफियाहरुले सर्वसाधारणमाथि गर्ने लुटको अन्त्य कहिले हुन्छ ? भनी प्रश्न गरे ।

‘शैक्षिक माफियाहरुले आम सर्वसाधारणमाथि गर्ने लुटपाटको अन्त्य कहिले हुन्छ ? देशमा यस्तो स्थिति कहिलेसम्म रहने ? मुलुकले समय अनुसारको सर्वसुलभ र सबैलाई हुने किसिमको प्राविधिक शिक्षा, मेडिकल शिक्षा कहिले प्राप्त गर्ने ?,’ सांसद विश्वकर्माले भने, ‘यो गम्भिर प्रश्न बनेर आएको छ, अत: सरकारको सम्बन्धित मन्त्रालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यान अध्यक्ष महोदय मार्फत आकर्षण गराउन चाहन्छु ।’

उनले शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको कारण ७ सय विद्यार्थी अध्ययनरत कलेज बन्द अवस्थामा रहेको बताए ।

‘४३ औं दिन सम्म त्यहाको प्रशासकिय व्यवस्थापनको कारणले पठनपाठन ठप्प छ, आन्दोलनको विविध चरण पार गर्दै त्यो अदालतिय प्रक्रियासम्म गएको छ,’ सांसद विश्वकर्माले भने, ‘त्यसो हुनुको कारण शिक्षा मन्त्रालय नेपाल मेडिकल क्वाउन्सिलले निर्धारण गरेकोभन्दा अत्याधिक बढी शुल्क विद्यार्थीहरुसँग असुल गर्ने कलेज व्यवस्थापकको नियतको कारण हो ।’

एमबीबीएस भर्नामा ३८ लाख ५० हजारभन्दा बढी शुल्क लिन नपाइने प्रावधान रहेपनि कलेजले ५५ लाखभन्दा बढी शुल्क असुल गरेको सांसद विश्वकर्माको आरोप छ ।

विद्यार्थीहरुलाई मनोवैज्ञानिक त्रास देखाएर बढी शुल्क उठाएपछि विद्यार्थीहरु बाध्य भएर आन्दोलित भएको बताए । सांसद विश्वकर्माले वार्ताको माध्यमबाट समस्या समाधानको बाटो नखोजी लामो प्रक्रियामा कानूनि बाटो आवलम्बन गरी कलेज संचालक जिम्मेवारीबाट पञ्छिन खोजेको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ६ : ५० बजे

विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्तिका मतदान केन्द्र

काठमाडौं– प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

जेनेभा– बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्धको क्रममा इरानी

भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र