नेपाल र कतारबीच श्रम सम्झौताको सम्पूर्ण तयारी पूरा « Khabarhub

नेपाल र कतारबीच श्रम सम्झौताको सम्पूर्ण तयारी पूरा


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल र कतारका प्रतिनिधिबीच बुधबार र बिहीबार सरकारीस्तरमा श्रम सम्झौता विषयलाई मुर्त रुप दिने विषयमा छलफल भएको छ । छलफल सम्पन्न भए पनि श्रम सम्झौता नवीकरणको मिति भने तोकिएको छैन ।

दुई देशबीचको उच्चस्तरीय बैठकबाट चाँडै श्रम सम्झौताको मिति तय गरिनेछ । छलफलले दुई देशको श्रम सम्झौताको सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ ।

छलफलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखाका प्रमुख डा. रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोलि सहभागी भएको थियो भने कतारका तर्फबाट अध्यागमन विभाग, रोजगार मन्त्रालय र कतारी कानुन मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।

कतारसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रविधिक टोलीले आवश्यक विषयमा चरणबद्ध छलफल गरिसकेको छ । गत महिना कतारी टोलीसँग नेपालमा श्रम नवीकरणका विषयमा काठमाडौंमा छलफल भएको थियो । बुधबार र बिहीबार सरकारीस्तरमा भएको छलफलमा नेपालले कतारसँग श्रम नवीकरण गर्दा २४ घण्टे बीमा र फ्रि भिसा र फ्रि टिकटलाई प्राथमिकता दिएको थियो ।

रोजगारीका लागि कतार जाँदा लाग्ने सेवा शुल्क रोजगारदाताले व्यहोर्नु पर्ने, अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलओे)को मापदण्ड, नेपालमा खोल्न लागिएको भिसा सेन्टरको कामका विषयमा प्रष्ट खुलाउनु पर्ने, कामदारलाई कुनै समस्या परेमा जिम्मेवार हुने भन्नेदेखि पछिल्लो समय सुधारिएको श्रम बजारअनुसार नेपाली श्रमिकले सेवा सुविधा पाउने गरी श्रम सम्झौता गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

कतार सरकारले अहिले विदेशी श्रमिकलाई दिँदै आएको पारिश्रमिक कम भएको महशुस गरेर नेपालले न्यूनतम पारिश्रमिक पुनरावलोकनका लागि माग गरेको छ । यसअघि कतारमा कार्यरत नेपाली कामदारको दक्षता र योग्यताका आधारमा न्यूनतम परिश्रमिक ९ सयदेखि ११ हजार कतारी रियालसम्म तोकिएको थियो । ६ वर्षअघि निर्धारण गरिएको तलबअनुसार अदक्ष श्रमिकको ९ सय रियाल (न्यूनतम तलब) र ३ सय रियाल खाना खर्च तोकिएको थियो ।

छलफल टोलिमा कानून मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापागाईँ र श्रम मन्त्रालयका शाखा अधिकृत रहेका सहभागि भएको थिए । कतारसँग सन् २००५ मा तत्कालिन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले श्रम सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसपछि कतारसँग श्रम नवीकरण हुन सकेको थिएन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १० : ५२ बजे

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम

नयाँ वर्षमा तुलसी घिमिरेको ‘पहाड’ प्रदर्शनको घोषणा

काठमाडौं– वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

चितवनका वडा-वडामा रवि लामिछानेको ‘घण्टी अभिवादन’

​चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ