‘सारथी’ले पायो ५० भन्दा बढी शो, प्रदर्शनअघि सार्वजनिक भयो शीर्ष गीत « Khabarhub

‘सारथी’ले पायो ५० भन्दा बढी शो, प्रदर्शनअघि सार्वजनिक भयो शीर्ष गीत


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकट गाउँको जीवन, मानवीय संवेदना र सम्बन्धको कथा बोकेको नेपाली फिल्म ‘सारथी’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ । प्रदर्शनको एक दिनअघि फिल्मको बुकिङ खुलेको छ भने सुरुवाती चरणमै देशभरका मल्टिप्लेक्समा ५० भन्दा बढी शो पाएको छ ।

कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको फिल्मले क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज र बिग मुभिजलगायतका प्रमुख मल्टिप्लेक्समा शो पाएको हो । प्रदर्शनअघि नै पाएको शो संख्याले निर्माण टिममा उत्साह थपेको छ ।

टिजर, गीत र ट्रेलर सार्वजनिक भएपछि फिल्मप्रति दर्शकको चासो बढेको निर्माण पक्षको विश्वास छ । फिल्ममा कलाकारहरूले निर्वाह गरेका भूमिकाले पनि दर्शकको ध्यान तानेका छन् ।

यसैबीच, प्रदर्शनको संघारमा फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको छ । बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतमा निर्देशक कुमार गजुरेलले पनि शब्द लेखेका छन् । मार्मिक भाव बोकेको गीतको भिडियोमा मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशी देखिएका छन् । गीतले फिल्मको कथावस्तु र पात्रबीचको भावनात्मक सम्बन्धलाई झल्काउँछ ।

म्याग्दीको सुन्दर तर विकट गुर्जा गाउँलाई पृष्ठभूमि बनाएर निर्माण गरिएको ‘सारथी’ले गाउँको जनजीवनसँगै मानवीय संवेदना र सम्बन्धका कथा पर्दामा उतार्ने प्रयास गरेको छ ।

फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्माको मुख्य भूमिका छ । मौलिक गाउँले परिवेश र भावनात्मक कथालाई आफ्नो विशेषता बनाएको ‘सारथी’ले दर्शकको मन जित्न सक्छ कि सक्दैन, त्यो भने शुक्रबारबाटै थाहा हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  २ : ०२ बजे

रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूले रित्तो थालसहित विरोध

‘सारथी’ले पायो ५० भन्दा बढी शो, प्रदर्शनअघि सार्वजनिक भयो शीर्ष गीत

काठमाडौं– विकट गाउँको जीवन, मानवीय संवेदना र सम्बन्धको कथा बोकेको

अर्घाखाँची सिमेन्टको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन

काठमाडौं– अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलका लागि आयोजना गरेको

भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने

काराकास– भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका–२ बाट स्रोत