५५ हात लामो लिंगोको टुप्पोमा पुगेर सेल्फी ! | Khabarhub Khabarhub

५५ हात लामो लिंगोको टुप्पोमा पुगेर सेल्फी !


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको प्रसिद्ध विस्केट जात्रा अन्तर्गत शनिवार ठड्याइएको लिंगाको टुप्पामा सेल्फी लिने प्रतिस्पर्धा नै चल्यो । पहिले लिंगो ठड्याइएपछि डोरी चढ्ने प्रतिस्पर्धा चल्यो ।

जो कोही हत्तपत्ती लिंगोको टुप्पोमा पुग्न सक्दैन । तर शनिबार भक्तपुर नगरपालिकाका ५ यासिंखेलमा ५५ हात लामो लिंगो ठडिनासाथ एक युवा टुप्पोमा पुगे ।

उनीसँगै दर्जनौं युवा डोरी समातेर लिंगोको टुप्पातिर हानिएर तर अरुले हरेश खाए । टुप्पामा पुगेका युवाले लिंगोको टाउँको बनाएको हरिबेलका हरिया हाँगाबिंगा जात्रालुमतर्फ फाले । जात्रालुपनि भगवानको प्रसाद भन्दै ती हाँगाबिंगा लिन तँछाडमछाड गरिरहे ।

यत्तिकैमा पाइन्टको बकलीबाट मोबाइल निकालेर ती युवाले लिंगोको टुप्पो आउने गरि सेल्फी खिच्न थाले । उनले सेल्फी लिँदै गर्दा जात्रास्थलमा भेला भएकाले हाँसोको फोहरा छोडे । आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : ०० बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ