नौ वर्षपछि नेपाल प्रौढ र ३५ वर्षपछि वृद्धहरूको देशमा पुग्ने ! « Khabarhub

नौ वर्षपछि नेपाल प्रौढ र ३५ वर्षपछि वृद्धहरूको देशमा पुग्ने !


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्पादनशीलभन्दा आश्रित जनसंख्या थोरै भएको यो अवस्था न इतिहासमा थियो, न भविष्यमा रहनेछ । उत्पादनशील अथवा १५ देखि ६४ वर्ष उमेरसमूहको जनसंख्या अहिले ६२.६८ प्रतिशत पुगेको छ । आश्रितभन्दा उत्पादनशील जनसंख्या धेरै भएको यो दुर्लभ समय देश निर्माणमा प्रयोग हुन्छ कि खेर जान्छ ? गम्भीर चासो र अविलम्ब पहलको आवश्यकता छ ।

सक्रिय जनसंख्या (काम गर्ने उमेर समूह) लाई देश विकासको आधार मानिन्छ । १५ देखि ६४ वर्ष उमेर समूहको यो जनसंख्या अधिक हुँदा देशले जनसांख्यिक लाभमार्फत विकासमा फड्को मार्ने संसारभरको अनुभव छ । नेपालमा यस्तो जनसांख्यिक लाभको अवसर अब २८ वर्ष मात्र बाँकी रहेको अध्ययनले देखाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

राष्ट्रिय योजना आयोग र युनिसेफले संयुक्त रूपमा गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार नेपालको जनसांख्यिक लाभको जम्मा अवधि ५५ वर्ष छ । यो सन् १९९२ देखि सुरु भएको हो । अर्थात् पछिल्लो २७ वर्षदेखि सक्रिय जनसंख्या (युथ कन्ट्री) को भएको देशका रूपमा नेपाल रहेको छ । यसको अन्त्य (घट्दो क्रम) सन् २०४७ देखि शुरु हुनेछ । यसको मतलब अबको २८ वर्षसम्म मात्रै नेपालले जनसांख्यिक लाभ पाउनेछ । विज्ञहरूका अनुसार नेपालले जनसांख्यिक लाभको ५१ प्रतिशत समयावधी बा“की छ भने ४९ प्रतिशत समय व्यतित भइसकेको छ ।

जनसांख्यिक लाभको अवधि के हो ?

काम गर्ने उमेर (१५ देखि ६४ वर्ष) को जनसंख्या सबैभन्दा बढी भएको अवधिलाई जनसांख्यिक लाभको अवधि भनिन्छ । आश्रित जनसंख्या (० देखि १४ वर्ष र ६५ वर्षभन्दा माथि)को तुलनामा काम गर्ने उमेरको जनसंख्या जुन बिन्दूबाट बढ्न शुरु हुन्छ, त्यो वर्षबाट जनसांख्यिक लाभ शुरु हुन्छ । यो विधिअनुसार योजना आयोग र युनिसेफले गरेको अध्ययनअनुसार सन् १९९२ बाट नेपालमा जनसांख्यिक लाभ शुरु भएको हो । त्यस्तै, जुन बिन्दूबाट काम गर्ने उमेरको जनसंख्या घट्न थाल्छ, त्यही वर्ष जनसांख्यिक लाभको अन्त्य भएको मानिन्छ । अध्ययनअनुसार सन् २०४७ मा जनसांख्यिक लाभ अन्त्य हुनेछ । यसरी नेपालमा जनसांख्यिक लाभ ५५ वर्ष कायम हुने अध्ययनको निष्कर्ष छ ।

६५ वर्ष वा त्योभन्दा बढी उमेरको जनसंख्या कुल जनसंख्याको ७ प्रतिशत वा त्यो भन्दा बढी भएमा त्यसलाई बुढ्यौलीमा प्रवेश गरेको समाज भनिन्छ । नेपाल ९ वर्षपछि सन् २०२८ मा बुढ्यौलीमा प्रवेश गरेको देश (एजिङ सोसाइटी) मा प्रवेश गर्ने प्रक्षेपण छ । यसको अर्थ ९ वर्षपछि नेपालमा ६५ वर्ष वा त्यो भन्दा बढी उमेरका मानिसको संख्या कुल जनसंख्याको ७ प्रतिशत नाध्नेछ ।

६५ वर्ष वा त्यो भन्दा बढी उमेरको जनसंख्या कुल जनसंख्याको १४ प्रतिशत वा त्यो भन्दा बढी भएको समाजलाई वृद्ध मानिस रहने समाज भनिन्छ । नेपाल सन् २०५४ अर्थात ३५ वर्षपछि वृद्ध मानिसको समाज (एज्ड सोसाइटी) मा प्रवेश गर्दैछ । अर्थात देशभित्र कम्तिमा पनि १४ प्रतिशत मानिस वृद्ध भइसकेका हुनेछन् प्रतिवेदन अनुसार सन् २०२८ देखि २०५४ सम्मको २६ वर्ष नेपालको लागि ‘एजिङ’ देखि र ‘एज्ड’ समाजको संक्रमणमा रहनेछ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ८ : ०८ बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ