पर्यटक लोभ्याउन सडकको बीचमा बुद्धका मूर्ति | Khabarhub Khabarhub

पर्यटक लोभ्याउन सडकको बीचमा बुद्धका मूर्ति


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– ५ नम्बर  प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६/७७ को अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र पर्ने सिद्धार्थ राजमार्गको बीच भाग डिभाइडरमा बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने कामको थालनी गरेको छ ।

लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले बुटवल भैरहवा व्यापारिक मार्गअन्तर्गत नगरपालिका क्षेत्रमा पर्ने सडकको डिभाइडरमा बुद्ध मूर्ति राख्ने कामको थालनी गरेको हो । तिलोत्तमाको प्रवेशद्वार योगीकुटीमा स्थापना गरिएको बुद्ध मूर्तिको आज प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले अनावरण गरे । व्यापारिक मार्गको सडक डिभाइडरको २५० देखि ३०० मिटर दूरीमा बुद्ध मूर्ति राखिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

उक्त राजमार्ग खण्डमा पहिलो चरणमा छ लेन निर्माण पूरा भएको मङ्गलापुरसम्म २२ आकर्षक बुद्ध मूर्ति राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालू आवको बजेटमा ६ लेनमा बुद्ध मूर्ति राख्ने गरी बजेट विनियोजन गरेको थियो । निर्माण सकिएसँगै कोटिहवासम्मकै सडक डिभाइडरमा बुद्ध मूर्ति राख्ने नगरपालिकाको योजना छ ।

६ लेनमा हरियाली प्रवर्द्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटकलाई आकर्षित गर्न सडकमा बुद्ध मूर्ति राखेको हो । बुद्ध मूर्ति अनावरण कार्यक्रममा मन्त्री गिरीले लुम्बिनीको पर्यटन प्रवर्द्धनले समग्र प्रदेशको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने भएकाले प्रदेश सरकारले यो वर्षलाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको जानकारी दिइन् ।

प्रदेश सरकारले अधिकतम स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी ल्याउने गरी लुम्बिनी भ्रमण वर्ष घोषणा गरी विभिन्न योजना बनाएको जानकारी मन्त्री गिरीले दिइन् ।

नगरपालिका प्रमुख वासुदेव घिमिरेले बुद्ध मूर्ति राखिएसँगै ६ लेन सडकको डिभाइडरलाई आकर्षक फूलबारी बनाउने योजनाका साथ नगरपालिका अघि बढेको जानकारी दिए । स्थानीय बासिन्दाको साथ र सहयोगले छ लेनलाई आकर्षक बनाउन विभिन्न काम भइरहेको बताउँदै उनले बुद्ध मूर्ति नगरको पहिचानका लागि पनि हुने उल्लेख गरे ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  २ : ३४ बजे

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ- जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७  आयोजनाले विद्युत् उत्पादन

आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई गरे सिधा वार्ताका लागि आह्वान

मस्को – रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनलाई सिधा वार्ताका लागि