आगामी वर्ष वृद्धभत्ता बढाइने, ज्येष्ठ नागरिकका लागि १ लाखको स्वास्थ्य बिमा | Khabarhub Khabarhub

आगामी वर्ष वृद्धभत्ता बढाइने, ज्येष्ठ नागरिकका लागि १ लाखको स्वास्थ्य बिमा


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी बजेटमा सामाजिक सुरक्षा योजनाअन्तर्गत वृद्धभत्ता बढाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाइने घोषणा गरेका हुन् ।

आइतबार ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता’ नामक राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाइने बताएका हुन् ।

नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सरकारले ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा पनि घोषणा गरेको छ । उक्त बिमाको प्रिमियर सरकार आफैंले तिर्ने छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  २ : ५५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकी राष्ट्रपति ट्रम्प डढेलो प्रभावित लस एन्जलसमा : गर्भनरको कामप्रति आक्रोश

लस एन्जलस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस भ्रमण

हमासले शनिबार रिहा गर्ने चार जनाको नाम सार्वजनिक

काठमाडौं – हमासले शनिबार रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

सर्लाही – चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर

डलरको भाउ घट्यो, शनिबार कुन विदेशी मुद्राको विनियमदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर