सत्ता नागरिक सरकारलाई हस्तान्तरण गरिन्छ: सुडानी सेना « Khabarhub

सत्ता नागरिक सरकारलाई हस्तान्तरण गरिन्छ: सुडानी सेना


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुडान –  हालै सैनिक ‘कू’ मार्फत् सत्ता परिवर्तन भएको अफ्रिकी मुलुक सुडानका नयाँ सैनिक शासकले चाँडै नै सुडानको सत्ता नागरिक सरकारलाई हस्तान्तरण गर्ने जनाएका छन् ।

सुडानको नयाँ सैनिक सरकारका नेता लेफ्टिनेन्ट जनरल अब्देल फताह अल बुरहान अब्देलरहमानले टेलिभिजन सम्बोधनमार्फत् विपक्षीहरुसँगको परामर्शपछि बढीमा २ वर्षभित्र सेनाको नियन्त्रणमा रहेको मुलुकका सत्ता नागरिक सरकारलाई हस्तान्तरण गरिने जनाएका हुन् ।

उनले मुलुकमा लागू भएको रात्रिकालीन कफ्र्यु पनि स्थगित गर्न तथा राजनीतिक बन्दीहरुलाई रिहा गर्न समेत निर्देशन दिएका छन् ।
त्यस्तै, संक्रमणकालीन सैनिक परिषद्ले ‘स्वतन्त्रताको हनन् गर्ने’ सबै कानूनहरु खारेज गर्ने समेत बाचा गरेको छ ।

यअसघि राष्ट्रपति ओमर अल बसिरविरुद्ध प्रदर्शन गर्ने प्रदर्शन आयोजकसहितका विपक्षी शक्तिहरु तथा सैन्य कू पछि गठन गरिएको संक्रमणकालीन सैनिक परिषद्बीच भएको छलफलपछि सुडानको सत्ता नागरिक सरकारलाई हस्तान्तरण गर्न विषयमा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

छलफलमा संक्रमणकालीन परिषद्मा गैरसैनिक सदस्यलाई पनि ठाउँ दिनुपर्ने कुरा उठेको र यसबारे पनि सैनिक परिषद्ले निर्णय गर्ने बताइएको छ । महिनौँ लामो सरकारविरोधी प्रदर्शनपछि गत बिहीबार सेनाले कु गरी राष्ट्रपति ओमर अल बसिरलाई पदच्युत गरेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : ०२ बजे

हुलाकमार्फत घर-घरमा पुर्‍याउन थालियो राहदानी

चितवन– सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्‍याउन थालिएको छ।

गणेश पराजुलीको अभिव्यक्तिबारे बारको आपत्ति, न्यायालयको मानमर्दन नगर्न चेतावनी

काठमाडौं- नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाको बैठकमा न्यायालयको मानमर्दन हुने अभिव्यक्ति

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की