दुई फिल्म हलमा, तर हिरो गुमनाम ! « Khabarhub

दुई फिल्म हलमा, तर हिरो गुमनाम !


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत शुक्रवार नेपालमा एकसाथ दुई फिल्म रिलिज गरिए । ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकसाथ सिनेमा घरमा रिलिज भए । फिल्ममा अनमोल केसी र सलिनमान बनियाको निकै चर्चा गरियो ।

फिल्मबाट डेब्यु नायिकाद्वय सुहाना थापा र मलिका महतको पनि निकै चर्चा भयो । तर, दुवै फिल्ममा मुख्य भूमिका निभाएका सलोन बस्नेतको भने कहीँकतै चर्चा भएन । यतिबेला उनी दुवै फिल्मको प्रतिक्रिया लिनमा व्यस्त छन् ।

फिल्म ‘ए मेरो हजुर ३’ मा सलोन अनमोल केसीको साथी बनेर अभिनय गरेका छन् । फिल्ममा उनी मुख्य भूमिकामा नै छन् । फिल्ममा उनलाई इन्जिनियर विद्यार्थीका रुपमा देखाइएको छ । जो सानैदेखि प्रेम (अनमोल केसी) सँग साथी बनेका छन् । अभिनयका हिसाबले उनको अभिनयको पनि तारिफ गरिएको छ ।

संयोग नै भन्नुपर्छ, हलमा रिलिज भइरहेको सलोनको अर्को फिल्म ‘यात्रा’ मा पनि उनको मुख्य भूमिका छ । र, सलोन एक पात्रको सानैदेखिको साथी हुन्छन् । यो फिल्ममा सलोनको चरित्र ‘ए मेरो हजुर ३’ को भन्दा फरक पनि छ ।

सलोनले मुख्य भूमिका निभाएका एकसाथ दुई फिल्म रिलिज भए पनि उनी गुमनाम छन् । उनको खासै चर्चा छैन । जबकि, सलोन पनि अनमोल केसीसँगै उदाएका अभिनेता हुन् ।

हलमा दुई फिल्मले व्यापार गरिरहँदा पनि आफ्नो चर्चा नहुँदा सलोनलाई पनि नमज्जा नै लाग्दो हो पक्कै ! सलोनले पनि आफ्नो करिअरलाई ख्याल गरेर राम्रा भूमिकामा काम गर्ने हो भने उनलाई अझ फाइदा हुने थियो कि !

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : १९ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत