पेरु पुगे अमेरिकी विदेशमन्त्री पम्पेओ « Khabarhub

पेरु पुगे अमेरिकी विदेशमन्त्री पम्पेओ


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिमा– अमेरिकी विदेशमन्त्री माइक पम्पेओ शनिबार पेरु पुगेका छन् ।

विभिन्न ४  ल्याटिन अमेरिकी देशहरुको भ्रमणको क्रममा उनी शनिबार पेरु पुगेका समाचारमा जनाइएको छ । विशेष गरी भेनेजुएलाको सङ्कटका विषयमा पम्पेओले  ल्याटिन अमेरिकी देशहरुको भ्रमण केन्द्रित गरेका छन् ।

उनले पेरुका राष्ट्रपति मार्टिन विजकारा र विदेशमन्त्री नेस्टोर पोपोलिजियोसँग वार्ता गरेका छन् । विदेशमन्त्री पम्पेओले आइतबार पेरुका व्यापारिक प्रतिनिधिहरुसँग अन्तरक्रिया पनि गर्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री पम्पेओले ब्राजिलका विदेशमन्त्री अर्नेस्टो आरुजोसँग पनि फोनवार्ता गरेका अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको हो ।

सो फोनवार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध थप विकसित र सुदृढ बनाउने तथा भेनेजुएलाको विषयमा आपसमा मिलेर समस्या समाधान गर्ने बारेमा कुराकानी भएको पनि अमेरिकी विदेशमन्त्रालयले जानकारी दिएको छ ।

भेनेजुएलाको समस्या समाधानका लागि उसका छिमेकी देशहरुसँग पनि वार्ता गर्ने र उनीहरुको सुझाव र सल्लाह लिएर अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।

विदेशमन्त्री पम्पेओले ल्याटिन अमेरिकी देश पाराग्वेको पनि भ्रमण गरेका थिए । उनी पाराग्वेको भ्रमण गर्ने पहिलो अमेरिकी विदेशमन्त्री हुन्  । उनी शुक्रबार पाराग्वे पुगेका हुन् ।

सो देशमा सन् १९६५ देखि निरन्तर रुपमा निरंकुश शासन व्यवस्था चल्दै आएको छ ।

त्यसैगरी विदेशमन्त्री पम्पेओले चिली पुगेर त्यहाँका राष्टपति सेवास्तिन पिनेरासँग भेटवार्ता गरेका थिए । त्यस वार्ताका क्रममा विशेषगरी चिलीको चीनसँगको व्यापारिक सम्बन्धका विषयमा बढी कुराकानी भएको बताइएको छ ।

विदेशमन्त्री पम्पेओ यस भ्रमणका क्रममा आइतबार कोलम्बिया पुग्नेछन् । उनी कोलम्बियाको सीमा क्षेत्रीय शहर कुकुता पुग्नेछन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : ४६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र