सेनाले शुरु गर्‍यो ‘एक बिरुवा एक सिपाही’ अभियान « Khabarhub

सेनाले शुरु गर्‍यो ‘एक बिरुवा एक सिपाही’ अभियान


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– नेपाली सेनाको रुद्रध्वज गणले ‘एक बिरुवा एक सिपाही’ अभियान सञ्चालन गरेको छ । नयाँ वर्षको पहिलो दिन सदरमुकाम सिलगढीस्थित पैयाभन्ज्याङ डाँडाबाट उक्त गणले आफ्नो गणका सैनिक, जिल्लास्थित प्रमुख व्यक्ति तथा स्थानीयवासीलाई सहभागी गराएर सो अभियानअन्तर्गत वृक्षरोपण गरेको हो ।

पर्यावरण संरक्षण गर्न नेपाली सेनाले लागू गरेको ‘गो ग्रीन कार्यक्रम’ उक्त वृक्षरोपण कार्यक्रम गरिएको रुद्रध्वज गणका गणपति एवं प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । उनले भने, “सेनाको ‘गो ग्रीन कार्यक्रम’अन्तर्गत हामीले जिल्लामा बिरुवा जोगाउनुपर्छ भन्ने मान्यताका साथ अभियान शुरु गरेका हौँ ।”

उक्त अभियानअन्तर्गत जिल्लाको ईन्द्रचोक, बारुदखाना र पैयाभञ्ज्याङ क्षेत्र भित्रका विभिन्न ठाउँमा सल्ला, धुपिसल्ला, लहरे पिपल, चिउरी, कपुर र बास गरी कम्तीमा पनि ३०० बिरुवा वृक्षरोपण गरिएको रुद्रध्वज गणका सहसेनानी नरेन्द्र बिसीले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ७ : ०१ बजे

कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे

काठमाडौं– उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.

दोलखाको वैतेश्वरमा शिक्षक–कर्मचारी भलिबल सुरु

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले आयोजना गरेको प्रथम वैतेश्वर गाउँपालिका वडास्तरीय

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोधमा उत्रिए एमाले अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी

अलेप्पोलाई नियन्त्रणमा लिएको सिरियाली सेनाको दावी, कुर्द सेनाद्वारा खण्डन

दमास्कस- सिरियाको सेनाले शनिबार अलेप्पोको एक छिमेकमा कुर्द सेनासँग भिडन्त